Worldlink Communications

आफै जल्ने चिता अरुको कब्जामा पुगिसक्यो कोही चुइक्क बोल्दैन – कमल ब.बस्नेत

श्रावण ३१ , पोखरा

सेती नदी माथिको अतिक्रमण देखेर पोखरा महानगरपालिका वडा नम्बर १६ का कमलबहादुर बस्नेत आजित भएर फेसबुक वालमा पोस्ट गर्नुहुन्छ आफै जल्ने चिता अरुको कब्जामा पुगिसक्यो कोही चुइक्क बोल्दैन।

आजको सामग्री उहाँकै फेसबुक वालबाट साभार गरिएको छ ।पोखरा महानगरपालिका वडा नं.१६ मा विगत सयौँ वर्षअघिदेखि बाट वर्तमान सम्म आइपुग्दा देसमा धेरै परिवर्तनहरू त भए तर सेती नदीमा आएको परिवर्तनले पोखरा १६ मा धेरै समस्या निम्त्याएको छ भन्नुहुन्छ स्थानीय बासी कमल बहादुर बस्नेत ।

यो समस्या वडाबासी देखि लिएर स्थानीय सरकार सबैलाई थाहा भएको बिषय हो पहिले देखिनै सेतिनदीको तटमा शवदाह सजिलै गर्दै आएको त्यसको लागि ठाउँहरू पनि भएको बाटोघाटोको कुनै समस्या नभएको स्वच्छ कन्चन नदी वातावरण सबै मिलेको थियो। भने अहिले सब लिएर जाने बाटो समेत छैन  जलाउने ठाउँको कुरै छाडौं सबै घाटहरु महानगरपालिकाले टेण्डर गरी ठेकेदारहरुको स्वामित्वमा बालुवा गिट्टी ढुङ्गा झिक्नको लागि अनुमति दिएपछि यो समस्या झनझन बढ्दै गएको हुनाले यसको बारेमा कोही पनि कसैले पनि चासो नदिँदा साह्रै दुखेसो आफ्नो फेसबुक स्टाटसमा पुग्नु भएका कमलबहादुर बस्नेत समाजमा केही गरौं भन्ने हुटहुटी राख्नुहुन्छ।

सेती नदी घाटको रुपमा प्रयोगमा आइरहेका दाह संस्कार गर्ने घाटहरूमा सरकारी बजेट परेपनि निर्माण कार्याले पूर्णता नपाउँदा र नदी उत्खनन गर्ने केदारको मनलाग्दी लापरवाहीले गर्दा सेती नदी गहिरदै गएको छ ।जसको कारणले गर्दा लास राख्ने ठाउँसम्म नभएको स्पष्ट देख्न बुझ्न र भोग्न सकिन्छ सो दुःखद अवस्थाबाट अगाडि बढ्नको लागि समस्याको समाधानका लागि सर्वसाधारण जनता नै अग्रसर हुन नखोज्नु के कारण होला बुझ्न मन लागेको छ भन्दै कोही न कोही ले त समाज परिवर्तनको लागि देश परिवर्तनको लागि जोखिम मोल्न खोज्नुपर्ने बेला आइसकेको छ भनी लेख्नुभएको छ।

स्थानीय तहको सरकारले पनि राजस्वको आयस्रोतमा कुनै व्यवधान पुर्याउन नचाहनु भएको हो कि! अर्को मुलभुत कारण के होला विशेषगरी स्थानीय सरकारले किन्तु परन्तु नभनिकन परम्परा देखि मुर्दा लास जलाउने ठाउँ लाई व्यवस्थित बनाउन किन आनाकानी गरेको छ भन्दै प्रश्न पनि गर्नुभएको छ । अझै भन्ने हो भने त्यही गोस्तेघाट हो आज बजार बनेको छ राजस्व स्रोतको कारखाना भएको छ बालुवा ढुङ्गाको खरीद विक्री र कमिसनको मोलतोल सहित भाउ बढिरहेको छ  ।

पोखराको १६ वडामा मानवीय स्रोत साधनमा कुनै कमि छैन । यहाँ अव्वल राजनैतिक नेता देखि बुद्धिजीवी हुनुहुन्छ प्रशासनीक शैक्षिक व्यत्तित्व हुनुहुन्छ जननिर्वाचित जनसेवी जनप्रतिनिधि हुनुहुन्छ त्यसैगरी सफल धनाढ्य उद्योगी व्यापारी र व्यवसाय हुनुहुन्छ तर यो विषयमा कसैले पनि चासो दिएको पनि देखिँदैन मतलब गरेको पनि देखिँदैन र यो बनाउन प्रयास गरेको पनि देखिँदैन आखिर यसको चासो कसले लिने हो  ?

आखिर कुनै न कुनै  दिन सबै त्यही घाटमा पुगेर चितामा जल्नु पर्ने हो आफै जल्ने चिता बन्ने स्थान अरुकै कव्जामा पुगिसक्यो खोइ कोही चुईक्क बोलेको सुन्दिन, देख्दिन भन्दै के साच्चै हामी सबै जीउँदै मुर्दातुल्य भईसकेकोा हौ ? मस्त निद्रामा छौ कि कसो हो ? अब त उठ्नुस आफ्नै लागि उठ्नुस्। अन्यत्र मापदण्ड लाग्ने नियम छ नदी किनारमा जेसुकै छुट हुने नेपालको कानुन हो वा कमाई खाने निहुँ हो भन्दै आफ्नो स्टाटसमा आक्रोश पोख्नु भएको छ।

नेपाल स्थापित र महत्वपूर्ण स्कुलको रूपमा चिनिएको लामाचौरमा अवस्थि तगण्डकी बोर्डिङ स्कुलको ठीक तल रहेको वडा न.१६ वडावासीको अत्यावश्यक मुर्दाघाट निर्माण योजना र बाटोको विषयमा कोही बोल्नै पर्छ निर्माण कार्य योजना अगाडि बढाउनै पर्छ। जिउँदो लास बनेर हुदैन यो विषयमा बुलन्द आवाज उठाउन सारा वडाबासिलाइ जागरुक बनाउँदै यसको नेतृत्व कसले गर्ला भनेर पर्खिरहेको छु। हेरिरहेको छु। त्यो महान हस्ती र समाजसेवी सच्चा शुभचिन्तक को होला खोजिरहेको छु ।

– कमलबहादुर बस्नेत को फेसबुक वालबाट (उहाँ पूर्व वडा सचिव हुनुहुन्छ)

प्रतिक्रिया दिनुहोस्: