Worldlink Communications

२५औ कृष्ण भजन प्रतियोगितामा ॐकार भजन समुह फुलबारी प्रथम

भाद्र १०, पोखरा

शुक्ला साहित्य प्रतिस्ठान द्वारा आयोजित २५औ कृष्ण भजन प्रतियोगितामा ॐकार भजन समुह फुलबारी -११ प्रथम भएको छ।

२५ औँ  कृष्ण भजन प्रतियोगिताको अध्यक्षता शुक्ला साहित्य प्रतिष्ठान का अध्यक्ष हरि बरुवालले गर्नुभएको सो कार्यक्रमको प्रमुख आतिथ्यता गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लिराज भट्टले गर्नुभएको थियो । अतिथिहरूमा पूर्व प्रदेश न. १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासी लगायतले गर्नुभएको सो कार्यक्रमलाई भव्य र सभ्य रुपले कलाकार प्रजापति पराजुलीले सञ्चालन गर्नु भएको थियो ।

कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले लोप हुन लागेका रीतिरिवाज,परम्परा ,धर्म संस्कृति जोगाउँदै शुक्ला साहित्य प्रतिष्ठानले गरेको यो भजन प्रतियोगिता मा सबैको सहभागिता देखेर एकदमै खुसी लागेको बताउनुभयो। यस्ता कार्यक्रमहरू सफल बनाउन सबैको धेर थोर सरसहयोगबाट सम्पन्न हुने भएको हुनाले सबैले आआफ्नो स्थानबाट जे जति सकिन्छ सहयोग गर्नुहुन अनुरोध गर्दै आफ्नो तर्फबाट आफ्नै गोजीको दस हजार रुपैया सहयोग गर्ने बताउनुभयो।

प्रत्येक वर्ष कृष्ण जन्माष्टमीको दिन पारेर हुँदै आएको कृष्ण भजन प्रतियोगितामा गतवर्ष २४ वटा टिमहरू दर्ता भएका थिए भने यस वर्ष  १७ वटा टिमहरू दर्ता भइ प्रतिस्पर्धामा उत्रिएका थिए। समूह दर्ता हुनको लागि तिन हजार प्रवेश शुल्क लिइएको थियो।

१७ वटा टिमहरूको प्रतिस्पर्धाबाट ॐकार भजन समुह फुलबारी  पोखरा महानगरपालिका वडा न.११ प्रथम भइ नगद १ लाख पुरस्कार पाउन सफल भएको छ। दोस्रो स्थान देबिस्थान भजन समूह पोखरा महानगरपालिका वडा न.२५ हेमजाले ७५ हजार पुरस्कार पाउन सफल भएको छ भने तेस्रो स्थान बडहरबोट भजन समुह पोखरा महानगरपालिका वडा न.१६ बाटुलेचौर ले ५० हजार पुरस्कार पाउन सफल भएको छ । सान्त्वना पुरस्कार मुक्तेस्वर खैजेडी लोक भजन समूह टोखा काठमान्डौ र बिन्ध्यबासिनी माध्यमिक बिद्यालय पोखरा महानगरपालिका वडा न. १६ ले क्रमश २५/२५ हजार रुपैयाँ पुरस्कार पाउन सफल भएका छन् ।

काठमान्डौ लगाएतका विभिन्न ठाउँबाट भजन समुहहरु सहभागी भएको प्रतियोगिताको निर्णायक मण्डलमा प्रा.डा कुश्माकर न्यौपाने , शिव प्रसाद पराजुलिं नवराज बराल ,अम्बिका मोहन भट्टराई  र सृजना थापाले निर्णयलाइ निस्पक्ष बनाइ निर्णायक बिन्दुमा पुर्‍याउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्: