पृथ्वी यातायात सहकारीको तेस्रो वार्षिक अवसरमा विद्यार्थीलाई न्यानो कपडा वितरण

पृथ्वी यातायात सहकारीको तेस्रो वार्षिक अवसरमा विद्यार्थीलाई न्यानो कपडा वितरण

परिबर्तन न्युज
१७ पुष २०८१ बजे
परिबर्तन न्युज
१७ पुष २०८१

पौष १७ पोखरा

पृथ्वी यातायात सहकारी संस्थाको तेस्रो वार्षिक उत्सवको सुभ अवसरमा विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गर्दै विद्यालय हातामा सरसफाई गरेको छ ।

Advertisement:Ad
Advertisement:Ad

संस्थाले अन्नपूर्ण गाउँपालिका सल्यानमा रहेको श्री बराह आधारभूत विद्यालयका १८ जना विद्यार्थीहरुलाई न्यानो कपडा र स्टेश्नरी सामाग्री सहित विद्यालय वरपर सफाई गरेको संस्थाका प्रबन्धक सपना रेग्मीले बताउनुभयो ।

पृथ्वी राजमार्ग बस समितिमा आवद्ध यातायात व्यवसायीहरुको हकहित सहित आर्थिक सहभागिताका लागी शुरु गरीएको संस्थामा यातायात व्यवसायीहरु मात्र आवद्ध रहेको यस संस्थाले विभिन्न समयमा सामाजिक कार्यहरू पनि गर्दै आएको संस्थाका अध्यक्ष योगेन्द्र बहादुर के.सी.ले बताउनुभयो ।

Advertisement:Ad
Advertisement:Ad

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तोयकाजी गुरुङ्गको सभापतित्वमा भएको उक्त कार्यक्रम मा बिधालयका प्रधानध्यापक प्रेम बहादुर के.सी, शिक्षक अभिभावक संघका अध्यक्ष धनबहादुर के.सी,पृथ्वी राजमार्ग बस समितिका वरिष्ठ प्रवन्धक ज्ञान बहादुर के.सी. लगायतले आ आफ्ना धारणा राख्नु भएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज