विद्यार्थी पिसाब फेर्न जानखोज्दा निलडाम हुने गरी कुट्ने शिक्षक निष्कासन

विद्यार्थी पिसाब फेर्न जानखोज्दा निलडाम हुने गरी कुट्ने शिक्षक निष्कासन

परिबर्तन न्युज
११ फाल्गुन २०८१ बजे
परिबर्तन न्युज
११ फाल्गुन २०८१

फागुन ११ , पोखरा

विद्यार्थीलाई निलडाम हुनेगरी कुट्ने गण्डकी एकेडेमी शिक्षकलाइ अभिभावकको चर्को दबाव परेपछि विद्यालय परिवारले निष्कासन गरेको छ।

Advertisement:Ad
Advertisement:Ad

जरेबर गण्डकी एकेडेमी कास्कीका गणित शिक्षक विपिन कार्कीले कक्षा ६ मा अध्ययन गर्ने एक छात्रलाई शरीरमा निलडाम हुने गरी कुटपिट गरेकाले  पीडितका आफन्तले विद्यालयमा न्यायको लागि निवेदन गरेको लगत्तै सो घटना प्रहरी समक्ष पुगे पछि प्रहरीकै समन्वयमा घटनाको विवाद टुंगाइएको विद्यालयले जनाएको छ ।

पिटाई खाएका विद्यार्थीलाई उपचार गर्न लगिएको थियो भने शिक्षक कार्कीलाई तत्कालै प्रहरीले नियन्त्रणमा लिएको थियो। कुटपिट गर्ने शिक्षकलाई विद्यालयका सञ्चालक र अभिभावकको रोहोबरमा  विद्यालयबाट निष्कासन र माफी मागे पछि छाडिएको थियो ।

Advertisement:Ad
Advertisement:Ad

अभिभावकका अनुसार विद्यार्थीले पिसाव फेर्न जान्छु भन्दै बाहिर जान खोजेको समयमा शिक्षक कार्कीले मुड्कीले विद्यार्थीको पछाडिको भाग सहित पाखुरामा प्रहार गर्दा शरीरमा निलडाम भइ सुनिन गएको पारिवारिक सुत्रले जानकारी दिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज