क्याम्पस कम्पास एजुकेसनल कन्सल्टेन्सीले शिक्षकहरूसँग भेटघाट गर्दै

क्याम्पस कम्पास एजुकेसनल कन्सल्टेन्सीले शिक्षकहरूसँग भेटघाट गर्दै

परिबर्तन न्युज
२० फाल्गुन २०८१ बजे
परिबर्तन न्युज
२० फाल्गुन २०८१

फागुन २० , पोखरा

क्याम्पस कम्पास एजुकेशनल कन्सल्टेन्सीले पोखराको ल्यान्डमार्क होटलमा विभिन्न कलेजका शिक्षकहरुसँग भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ।

Advertisement:Ad
Advertisement:Ad

अनौपचारिक रूपमा सुरु गरिएको कार्यक्रममा संस्थाका प्रमुख आशिष कार्कीले काठमाडौंको नयाँ बानेश्वरमा रहेको क्याम्पस कम्पास एजुकेशनल कन्सल्टेन्सी पोखरामा पनि कार्यालय स्थापना गर्ने गरी आफ्नो संस्थाको प्रचारप्रसारको लागि पोखरा बजारमा आएको बताउनुभयो।

यस संस्थाको विशेषता भनेको विभिन्न फरक क्षमता भएका विद्यार्थीहरूको भावना लाइ सम्बोधन गर्दै उनीहरूको भित्री मनको क्षमतालाई बुझि विभिन्न अध्ययनका विकल्प सहितका क्षेत्रहरू पहिचान गर्दै गन्तव्यमा पुर्‍याउनुनै संस्थाको विशेषता भएको बताउनुभएको थियो।

Advertisement:Ad
Advertisement:Ad

विद्यार्थीहरूको भावना लाई सम्बोधन गर्दै उनीहरूको क्षमता लाई कदर गरेर विदेश अध्ययन गर्ने सपना साकार पार्नु नै हाम्रो कर्तव्य हो भन्दै, औपचारिक रूपमा वैशाखअन्तिम साता वा जेठको पहिलो साता पोखराका विद्यार्थीसँग सेमिनार आयोजना गरी विद्यार्थीको बीचमा बसेर विद्यार्थीहरूलाई सही मार्गमा डोऱ्याउन के कसरी सकिन्छ भन्ने विषयमा घनिभूत छलफल गरिने  घोषणा गर्नुभएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज