Worldlink Communications

कोटिहोम सञ्चालन गर्न नदिने निर्णयबाट पछि हट्यो महानगरपालिका

फागुन २६, पोखरा

पोखराको पुम्दिकोट र सराङ्गकोटमा महायज्ञ हुन्छ तर बाराही घाटमा कोटीहोम कुनै पनि हालतमा हुदै भनेर अडानमा रहेको पोखरा महानगर पालिका र जुनसुकै मुल्य चुकाएर पनि उही समय र उही स्थानमा कोटीहोम गर्ने अड्डी कसेको मानव सेवा फाउण्डेशनको बिबादपछीको त्रिपक्षीय बैठकको निर्णयले अन्ततः ऐतिहासिक कोटिहोम विराट ज्ञान महायज्ञ सञ्चालन हुने भएको छ ।

सोमबार पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको आह्वानमा बसेको त्रिपक्षीय जिल्ला प्रशासन कार्यालय कास्कीका प्रतिनिधि , महानगरपालिका, तीनवटै सुरक्षा निकाय र आयोजक मानवसेवा फाउन्डेसनका प्रतिनिधी बीच भएको बैठकले कोटिहोम सञ्चालन गर्न दिने निर्णय गरेको हो ।

आज सोमबार दिउसो करिब १ बजे बसेको त्रिपक्षीय बैठकले पोखरामा हुन लागेको कोटिहोम महायज्ञ सबै मिलेर सफल पार्ने निर्णय भएको महायज्ञका संकल्पकर्ता वाल योगेश्वर विजय श्री कृष्ण मूर्ती जी महाराजले बैठक सकिए पछि जानकारी दिनुभयो।कोटीहोम गर्न दिन्न भनेको  पोखरा महानगरपालिका सकेसम्म स्थान परिवर्तन गरेर कोटीहोम गर्न दिन तयार बनेको देखिन्छ भने मानव सेवा फाउण्डेशन भने लेकसाइड को बाराहीघाट मै कोटीहोम गर्ने अडानमा रहेको देखिन्छ।

जसले जहाँ जे भनेपनि भोलि मंगलबार बिहान पोखरा महानगरपालिकाको ४३औं कार्यापालिकाको बैठकबाट दुइजना, मानव सेवा फाउण्डेशन बाट र सुरक्षानिकायबाट एकजना गरि  ५ सदस्यिय विबाद समाधान समिति गठन गरेर उक्त समितिले कुन ठाउमा कसरी गर्दा कोटिहोम महायज्ञ राम्रो, सफल, उपयुक्त र उत्कृस्ट हुन्छ भन्ने विषयमा समितिले गरेको निचोडलाइ निर्णयलाइ सबैले मान्ने विश्वहिन्दु महासंघका उपाध्यक्ष शंकर खरालले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्: