Top Header Ad 1
Top Header Ad 2

नेपाल परिवार नियोजन संघ कास्की शाखाद्वारा यौन तथा प्रजनन् स्वास्थ्य सचेतना अभियान संचालन

नेपाल परिवार नियोजन संघ कास्की शाखाद्वारा यौन तथा प्रजनन् स्वास्थ्य सचेतना अभियान संचालन

परिबर्तन न्युज
२१ कार्तिक २०८२ बजे
परिबर्तन न्युज
२१ कार्तिक २०८२

कार्तिक २१,पोखरा

नेपाल परिवार नियोजन संघ कास्की शाखाले शुक्रबार पोखरा महानगरपालिका वडा नं २ स्थित विन्ध्यवासिनी मा.वि.मा यौन तथा प्रजनन् स्वास्थ्य सचेतना अभियान संचालन गरेको छ ।

संघले किशोर किशोरी तथा युवालाई लक्षित गरी विद्यालय र कलेजमा अभियान संचालन गर्ने योजना अनुसार कार्यक्रम जारी राखेको सभापति नवीन सिग्देलले जानकारी दिनुभयो ।कार्यक्रम पोखरा महानगरपालिका वडा नं २ का वडा अध्यक्ष दिवसमान प्रधानाङ्गले उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै वडा अध्यक्ष प्रधानाङ्गले सम्वदेनशील उमेर समूह छनोट गरी कार्यक्रम संचालन गरिनु प्रशंसनीय भएको बताउनुभयो ।वडा सदस्य गोमा सुवेदीले स्थानीय सरकारले यस्ता कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्नुभयो  विन्ध्यवासिनी माविका प्रधानध्यापक बसन्त पाण्डेले यो अभियानमा शिक्षा र स्वास्थ्य दुवै विषय जोडिएका निकै उपयोगी भएको बताउनुभयो ।

कार्यक्रममा नेपाल परिवार नियोजन संघ कास्कीका कोषाध्यक्ष विष्णु प्रसाद दाहाल, बरिष्ठ शाखा प्रवन्धक नब राज तिवारी र कर्मचारी सुरज चौधरीले सहजिकरण गर्नुभएको थियो ।नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नवीन सिग्देललको अध्यक्षतामा भएको कार्यक्रम बरिष्ठ शाखा प्रवन्धक नब राज तिवारीले संचालन गर्नुभएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज