Top Header Ad 1
Top Header Ad 2

एकै परिवारका तीन जनालाई आमाको नामबाट नागरिकता पाए

एकै परिवारका तीन जनालाई आमाको नामबाट नागरिकता पाए

परिबर्तन न्युज
२१ पुष २०८२ बजे
परिबर्तन न्युज
२१ पुष २०८२

पौष २१, पोखरा

जिल्ला प्रशासन कार्यालय कास्कीले एकै परिवारका तीन जनालाई आमाको नामबाट नागरिकता प्रदान गरेको छ ।

कास्कीको अन्नपूर्ण गाउँपालिका–८ बस्ने निरुता नेपाली का दुई छोराहरू सुजन, दिनेश नेपाली र एक छोरी सुस्मिता नेपालीलाई आमाको नामबाट नेपाली नागरिकताको प्रमाणपत्र दिलाइएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयो ।

बाबु नानीहरूको नागरिकता सम्बन्धी विषयमा स्थानीय तहसँगको समन्वय र जिल्ला प्रशासन कार्यालयको सहजीकरणमा उनीहरूको जन्मदर्ता गराई आमाको नामबाट नेपाली नागरिकता उपलब्ध गराई समस्याको समाधान गरिएको सहायक प्रमुख जिल्ला अधिकारी बरालले जानकारी दिनुभयो।

बुबाको पहिचान हुने कुनै कागजात र प्रमाण पेस हुन नसकेको अवस्थामा अन्नपूर्ण गाउँपालिका–८ ले वडाको मुचुल्का प्रहरीको मुचुल्का गरी जन्मदर्ता प्रमाणपत्र उपलब्ध गराइएको र सोही वडा कार्यालयको सिफारिस आधारमा नागरिकता ऐन, नियमावली र नागरिकता वितरण कार्यविधि बमोजिमका प्रमाण तथा तथ्यका आधारमा आमाको नामबाट नागरिकताको प्रमाणपत्र प्रदान गरिएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज