भुतपूर्व विन्ध्यवासिनी विद्यार्थी मञ्च पोखराले विद्यालय स्तरीय खुला दौड प्रतियोगिता गर्ने

भुतपूर्व विन्ध्यवासिनी विद्यार्थी मञ्च पोखराले विद्यालय स्तरीय खुला दौड प्रतियोगिता गर्ने

परिबर्तन न्युज
२१ पुष २०८२ बजे
परिबर्तन न्युज
२१ पुष २०८२

पौष २१, पोखरा

भुतपूर्व विन्ध्यवासिनी विद्यार्थी मञ्च पोखरा-१६‌ वाटुलेचौर पोखराले विद्यालय स्तरीय छात्र/छात्रा खुला दौड प्रतियोगिता गर्ने भएको छ।

Advertisement:Ad

विद्यार्थी मन्चको आयोजनामा हुन लागेको विद्यालय स्तरीय छात्र/छात्रा खुला दौड प्रतियोगिता ५ किलोमिटरको हुनेछ भने दौड प्रतियोगिता आउदो फागुन ७ गते प्रजातन्त्र दिवसको दिन हुने विद्यार्थी मन्चका अध्यक्ष हरिवहादुर वरुवालले जानकारी दिनुभयो ।

पोखरा-१६ वाटुलेचौर विन्ध्यवासिनी माध्यामिक विद्यालयको अगाडी रहेको मेेेैदानमा विहान ७:०० बजे सुरु हुने विद्यालय स्तरिय दौड प्रतियोगितामा भाग लिनको लागि विद्यार्थीले अध्ययन गरेको विधालयबाट सिफारिस भइ आएका विद्यार्थीहरूले मात्र दौड कार्यक्रममा भाग लिनेछन नाम दर्ता गर्न कुनै किसिमको पैसा नलाग्ने तर दर्ता भने फागुन ५ भित्र गरिसक्नुपर्ने बताउनु भयो ।

छात्र/छात्रा दुवै तर्फ प्रथम हुने लाई १०/१० हजार ,द्वितिय हुनेलाइ ७/७ हजार, तृतिय हुनेलाइ ५/५ हजार , चौथो हुनेलाई  २/२ हजार र पाँचौहुनेलाइ १/१ हजार नगद पुराकार, प्रमाणपत्र र मेडल प्रदान गरिने छ भने २५ औ स्थान सम्म हुने धावकलाइ प्रमाण पत्र र मेडल प्रदान गरीने अध्यक्ष बरुवालले जानकारी दिनुभयो ।

थप जानकारी र सहजताको लागी सम्पर्क न. ९८४१६७४९६३,  ९८५६०२०८४०, ९८४७७७३२१७  र ९८४६२६३१०९ मा फोन गर्न सकिने छ।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज