जेठ १७, पोखरा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पोखरा महानगरपालिकाको प्रथम अधिवेशनबाट योगेन्द्र बहादुर केसी पाँच वर्षीय कार्यकालका लागि सभापति पदमा निर्वाचित हुनुभएको छ।
पोखरा नगर अधिवेशनको उद्घघाटन गर्दै रास्वपा नेता तथा पर्यटन मन्त्री गनेश पौडेल ले गर्दै पार्टीले जनताको हकहितमा काम गर्ने विश्वास व्यक्त गर्नुभयो। साथै सांसद उत्तम पौडेलले आफु सासक नभई सेबक भएको बताउदै सुकुम्बासी बस्तीको राम्रो व्यवस्थापन गर्दै सिङ्गो पोखराको दीगो बिकास गर्न नयाँ नयाँ कार्यक्रम त्यो पनि जनताको बिस्वास लिएर गरिने बताउनुभयो ।
राष्ट्रिय स्वतन्त्र पार्टीले पोखरा ग्यालेक्सी बैङुटमा हिजो सम्पन्न गरेको अधिवेशनबाट यातायात व्यवसायी योगेन्द्र बहादुर केसीलाई पोखरा महानगरपालिकाको नेतृत्वका लागि नीर्बिरोध चयन गरेको छ।
अधिवेशनबाट पदाधिकारी सहित २५ सदस्यीय नयाँ कार्यसमिति पनि चयन गरेको छ। जसमा उपसभापतिमा संगिता गौतम, सचिव मा कमल वानिया, सहसचिवमा सरिता शर्मा लगायत सम्पूर्ण कमिटी नै सर्वसम्मत चयन गरेको छ।








प्रतिक्रिया