Top Header Ad 1

‘व्यवसायिक एकवद्धता हाम्रो प्रतिबद्धता’ : समृद्ध व्यवसायिक भविष्यको खाकासहित अध्यक्ष पदमा बलराम आचार्य

‘व्यवसायिक एकवद्धता हाम्रो प्रतिबद्धता’ : समृद्ध व्यवसायिक भविष्यको खाकासहित अध्यक्ष पदमा बलराम आचार्य

परिबर्तन न्युज
१३ भाद्र २०८३ बजे
परिबर्तन न्युज
१३ भाद्र २०८३

भाद्र  १३, पोखरा

“व्यवसायिक एकवद्धता, हाम्रो प्रतिबद्धता” भन्ने मूल नाराका साथ पोखरा उद्योग वाणिज्य सङ्घको ३६औँ महाधिवेशनमा अध्यक्ष पदका उम्मेदवार बलराम आचार्य व्यवसायीहरूको साझा आवाज बनेर अगाडि आउनुभएको छ।

२०८३ भदौ २० र २१ गते हुने महाधिवेशनलाई लक्षित गर्दै आचार्य ले व्यवसायिक हित, उद्यमशीलता प्रवर्द्धन, रोजगार सिर्जना र निजी क्षेत्रको सशक्तीकरणलाई केन्द्रमा राखेर आफ्नो प्रतिबद्धता सार्वजनिक गर्नुभएको हो।

Advertisement:Ad

लामो समयदेखि व्यवसायिक क्षेत्रमा सक्रिय आचार्यले पोखरालाई अन्तर्राष्ट्रिय पर्यटन तथा व्यापारिक केन्द्रका रूपमा विकास गर्ने स्पष्ट दृष्टिकोण प्रस्तुत गर्नुभएको छ। उहाँले युवा उद्यमीहरूलाई व्यवसाय मा आकर्षित गर्दै उद्यमशीलताको विकासका लागि सहजीकरण गर्ने, बेरोजगार युवाहरू र व्यवसायीहरूलाई एउटै थलोमा जोड्ने गरी नियमित रोजगार मेला सञ्चालन गर्ने तथा डिजिटल प्लेटफर्म निर्माण गर्ने योजना अघि सार्नुभएको छ।

आचार्यको प्रतिबद्धतामा व्यवसाय दर्ता, नवीकरण, कर तथा अनुमति प्रक्रियालाई सरल, पारदर्शी र व्यवसायमैत्री बनाउने विषय लाई विशेष प्राथमिकता दिइएको छ। स्थानीय उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसँग जोड्न उत्पादक र ठूला व्यवसायबीच बी–टु–बी (B2B) सम्बन्ध विस्तार गर्ने योजना पनि उहाँले अघि सार्नुभएको छ।

त्यसैगरी, पोखरालाई डिजिटल हब तथा ज्ञानको राजधानी ( Knowledge Capital Hub) का रूपमा विकास गर्ने लक्ष्य सहित सूचना, प्रविधि र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। सरकारी निकाय र निजी क्षेत्रबीच सहकार्य, समन्वय तथा साझेदारीलाई मजबुत बनाउँदै नीतिगत समस्या समाधानका लागि साझा संवाद मञ्च निर्माण गर्ने योजना पनि उहाँ को एजेन्डामा समेटिएको छ।

निजी क्षेत्रभित्र देखिएका समस्या समाधानका लागि समन्वय समिति गठन गर्ने, क्षेत्रगत समितिहरूलाई अधिकार सम्पन्न बनाउने तथा बिना धितो व्यावसायिक योजनाका आधारमा ऋण उपलब्ध गराउने वातावरण निर्माणका लागि पहल गर्ने प्रतिबद्धता समेत आचार्यले व्यक्त गर्नुभएको छ।

युवा लक्षित कार्यक्रमअन्तर्गत स्वरोजगार र रोजगार सिर्जनालाई जोड दिँदै Hours Base Job जस्ता सहुलियत कार्यक्रम सञ्चालन गर्ने,नवउद्यम प्रवर्द्धनलाई प्रोत्साहन गर्ने तथा व्यवसायिक मेलमिलाप केन्द्र स्थापना गर्ने योजना पनि उहाँको प्राथमिकतामा परेको छ।

व्यवसायीहरूको हकहित, उद्यमशीलताको विकास, लगानीमैत्री वातावरण निर्माण तथा पोखराको समग्र आर्थिक उन्नयनका लागि आफू प्रतिबद्ध रहेको बताउँदै आचार्यले सम्पूर्ण व्यवसायीको साथ, सहयोग र विश्वासको अपेक्षा गर्नुभएको छ।

आगामी महाधिवेशनमा उहाँको उम्मेदवारीलाई व्यवसायिक एकता, समन्वय र परिवर्तनको अभियानका रूपमा हेरिएको छ। व्यवसायी हरूको साझा हितलाई केन्द्रमा राखेर प्रस्तुत गरिएका एजेन्डाले पोखरा उद्योग वाणिज्य सङ्घलाई थप गतिशील, प्रभावकारी र व्यवसायीमैत्री संस्थाका रूपमा स्थापित गर्ने विश्वास व्यक्त गरिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज

भर्खरै