इन्जिनियरिङ कलेज लामाचौरमा ने बि संघ संघद्वारा तालाबन्दी

इन्जिनियरिङ कलेज लामाचौरमा ने बि संघ संघद्वारा तालाबन्दी

परिबर्तन न्युज
१ चैत्र २०८१ बजे
परिबर्तन न्युज
१ चैत्र २०८१

चैत्र १, पोखरा

पोखरा लामाचौरमा रहेको इन्जिनियरिङ कलेजमा ने वि संघले तालाबन्दी गरेको छ।

Advertisement:Ad

यही चैत्र ५ गते स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन कुनै पनि हालतमा हुनुपर्छ भन्ने ने वी संघले आफ्नै आन्तरिक खिचातानीको कारणले क्याम्पसमा तालाबन्दी गरेको वास्तविकता बाहिर सार्वजनिक भएको छ।।

नेवी संघले आफ्नो संगठनको सचिव पदमा उम्मेदवारको नामै नराखी अर्थात् च्यातेर अर्थात काटेर निर्वाचन आयोग समक्ष बुझाएपछि निर्वाचन आयोगले सचिव बिनाकै नामावली सार्वजनिक गरेको थियो ।

नेवी संघले नै नोमिनेसन गरेर बुझाएको नामावली सार्वजनिक गरिएको थियो पछि उहाँहरूलाई के भयो थाहा भएन एकाएक एकैछिनमा सचिव नभई  नेविसंघ कसरी चुनाव लड्ने भनेर झगडाको बिउको रुपमा तालाबन्दीमा गएर टुङ्गिएको निर्वाचन आयोगका प्रमुख दीपक थापा र विद्यार्थी संगठनहरूले हामीलाई बताउनु भएको थियो।

 

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज

भर्खरै