Top Header Ad 1
Top Header Ad 2

रेडियो अन्नपूर्णको रक्तदानमा १ सय ३० युनिट रगत संकलन

रेडियो अन्नपूर्णको रक्तदानमा १ सय ३० युनिट रगत संकलन

परिबर्तन न्युज
१६ चैत्र २०८१ बजे
परिबर्तन न्युज
१६ चैत्र २०८१

पोखरा १६ चैत्र

रेडियो अन्नपूर्ण ९३.४ मेगाहर्ज र पोखरा इन्टरनेटको संयुक्त आयोजनामा शनिवार भएको २३ औं रक्तदानमा १ सय ३० युनिट रगत संकलन भएको छ ।

नयाँ रक्तदातालाई रक्तदान प्रति प्रोत्साहन गर्ने उद्देश्यले रेडियोले सामाजिक उत्तरदायित्व अन्तर्गत “जीवन बचाउन रक्तदान गरौँ” भन्ने नाराका साथ आयोजना गरेको बृहत खुला रक्तदान कार्यक्रममा पुरुष १ सय १० र महिला २० गरि १ सय ३० जनाले रक्तदान गरेको कार्यक्रम संयोजक आरजु बिष्ट “सल्यानी“ले बताए । ६० जना रक्तदाताले पहिलोपटक रक्तदान गरे । दृष्टिविहिन रक्तदाताले पनि रक्तदान गरे ।

पोखरा महानगरपालिका वडा नं. ४ का वडा अध्यक्ष देवकृष्ण पराजुलीले पहिलो रक्तदाता मञ्जित तिवारीलाई ब्लड व्याग हस्तान्तरण गरी कार्यक्रमको शुभारम्भ गरे । समाजलाई सुशुचित बनाउँदै सामाजिक उत्तरदायित्वप्रति रेडियोको महत्वपूर्ण भूमिका रहेको उनले बताए।

रेडियोका प्रबन्ध निर्देशक सुनयना पालिखेले सबैको साथ र सहयोगले रेडियोले आफ्नो स्थापनाकालदेखि २३ औं संस्करण सम्म रक्तदान आयोजना गर्न सम्भव भएको भन्दै सहयोगका लागि सबैप्रति धन्यवाद व्यक्त गरिन् ।

प्रादेशिक रक्तसंचार केन्द्र पोखराका बरिष्ठ प्राविधिक महेन्द्र केसीले बर्षेनी रक्तदान आयोजना गरेर रेडियोले आम जनमानसमा जनचेतना फैलाउन महत्वपूर्ण भूमिका खेलेको बताए ।

नेपाल उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष आनन्दराज मुल्मी, पोखरा उद्याग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की र लायन्स क्लब अन्तराष्ट्रिय डिष्ट्रिक ३२५ का जोन चेयरपर्सन श्रीकृष्ण न्यौपाने र निर्देशक बरदान ताङ्व् लामाले बोलेका थिए । रेडियोले स्थापना कालदेखि हालसम्म ८ हजार भन्दा बढी युनिट रगत सङ्कलन गरिसकेको महाप्रबन्धक नारायण पौडेलले जनाए । कार्यक्रममा प्रादेशिक रक्तसंचार केन्द्र पोखराले प्राविधिक सहयोग गरेको थियो ।

कार्यक्रममा नेपाल बैक लिमिटेड, नेपाल बिमा प्राधिकरण, नबिल बैक लिमिटेड, श्री स्टिल इन्डष्ट्रिज, गुहेश्वरी फाइनान्स, ग्रीन डेभलपमेन्ट बैक, लायन्स क्लब अफ टुरिजम सिटी पोखरा, बराल फिड इन्डष्ट्रिज, डाबर नेपाल प्रालि, सीजी फुड्स प्रालि, तालबाराही फार्मेसी, फिस्टेल हस्पिटल एण्ड रिसर्च सेन्टर, रेजिना अफसेट प्रेस, सलिको इन्सुरेन्स लिमिटेड, नेलम्बो नेपाल, बाराही बेकरी प्रालि, पेन्गुइन ड्रिङकिङ वाटर, रियो फ्रुट्स, परिचय एडभटाईजिङ, माई बुक्स स्टेशनरी लगायतले सहयोग गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज