कोटिहोम विराट ज्ञान महायज्ञ संकल्प सभा सम्पन्न

कोटिहोम विराट ज्ञान महायज्ञ संकल्प सभा सम्पन्न

परिबर्तन न्युज
२४ चैत्र २०८१ बजे
परिबर्तन न्युज
२४ चैत्र २०८१

चैत्र २४, पोखरा

पोखरा महानगरपालिका वार्ड नं. १७ बिरौटामा सञ्चालन हुन लागेको ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ संकल्प सभा सम्पन्न भएको छ।

Advertisement:Ad
Advertisement:Ad

आगामी बैशाख १७ गते देखी सुरु भई जेठ २६ गते सम्म सञ्चालन हुने उक्त महायज्ञको संकल्प सभा एक कार्यक्रमको विचमा गरिएको थियो।

संकल्पसभामा महायज्ञका संकल्पकर्ता बालयोगेश्वर विजय श्रीकृष्ण मूर्तीजी महाराजले महायज्ञ अवधिभर विविध कार्यक्रम हुने बारेमा जानकारी दिदै ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञले गण्डकी क्षेत्र र धार्मिक दृष्टिकोणमा यसको महत्व,यज्ञको महिमा,हवनको महिमा,कोटिहोम महायज्ञको उदेश्य लगाएतको विषयमा जानकारी दिनुभएको थियो।

Advertisement:Ad
Advertisement:Ad

कोटिहोम महायज्ञमा संकलन भएको रकमले खर्च व्यवस्थापन भएर शेष रहेको रकमबाट पोखरामा १७ मा रहेको हरिहर मन्दिर, मुक्तेश्वर मन्दिर र कैलाशधाम मन्दिरको विकासको लागि पहल गर्ने लगायत का बिषयमा पनि जानकारी दिनुभएको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज