Top Header Ad 1

गगन कुमार थापाद्वारा अन्नपूर्ण ४ सल्यानमा सहिद कृणबहादुर गुरुङको शालिक अनावरण

गगन कुमार थापाद्वारा अन्नपूर्ण ४ सल्यानमा सहिद कृणबहादुर गुरुङको शालिक अनावरण

परिबर्तन न्युज
६ बैशाख २०८२ बजे
परिबर्तन न्युज
६ बैशाख २०८२

वैशाख ६, कास्की

सल्यान, कास्की-अन्नपूर्ण गाउँपालिका–४ सल्यानमा द्वन्द्वकालमा शहीद भएका कृणबहादुर गुरुङको स्मृतिमा आज नेपाली कांग्रेसका महामन्त्री एवं पूर्व स्वास्थ्यमन्त्री गगन थापाले सालिक अनावरण गर्नुभएको छ।

Advertisement:Ad
Advertisement:Ad

नेपाली कांग्रेसका महामन्त्री तथा पूर्व स्वास्थ्यमन्त्री थापाको प्रमुख आतिथ्यमा आयोजित विशेष समारोहमा स्थानीय बासिन्दाको उल्लेखनीय सहभागिता रहेको सोकार्यक्रममा अन्नपूर्ण–४ का वडा अध्यक्ष आइन्दल गुरुङ, गाउँपालिका अध्यक्ष बिण्णु केसी, छिमेकी पालिकाका अध्यक्षहरू, र कांग्रेस गण्डकी अध्यक्ष शुक्रराज शर्मा लगायतका नेताहरुको उपस्थिति थियो।

शर्माले कृणबहादुर गुरुङको जीवनी प्रस्तुत गर्दै स्थानीय धार्मिक स्थल भुमेथान र निर्माणाधीन हनुमान धामको ऐतिहासिक र धार्मिक महत्वको बारेमा आउनुभएको थियो।शहीदका छोरा विजय गुरुङले भावुक मन्तव्य राख्दै युवाको भूमिका सुनिश्चित गर्न आफ्ना नेतालाई आग्रह गर्नुभएको थियो।

प्रमुख अतिथि गगन थापाले द्वन्द्वकालीन पीडितलाई न्याय दिने प्रतिबद्धता व्यक्त गर्दै आगामी दिनमा पार्टीलाई युवाको नेतृत्वमा पुर्‍याई देश विकास गर्ने योजनामा नेपाली कांग्रेस दत्तचित्त भएर लागिरहेको हुनाले सबै काङ्ग्रेसले युवा नेतृत्वलाई साथ दिनुपर्नेमा जोड दिनुभयो साथै धार्मिक स्थलहरूको संरक्षण तथा प्रवर्द्धनमा ध्यान दिनको लागि अहिलेको सरकारले अझै ध्यान केन्द्रित गर्दै अगाडि बढ्ने बताउनुभयो।

कार्यक्रमको समापन अन्नपूर्ण-४ कांग्रेस सभापति मानबहादुर केसीले गर्नुभएको थियो सो कार्यक्रममा हजारौं स्थानीयको बाक्लो सहभागिता ले स्मृति सालिक अनावरण समारोहलाई ऐतिहासिक बनाएको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज