Worldlink Communications

राम मोहन आचार्य भन्नु हुन्छ: श्री गण्डकी कोटि होम महायज्ञको दर्शन नगर्ने व्यक्ति पोखरेली हुन सक्दैन

बैशाख १०,पोखरा

पोखरा महानगरपालिका वार्ड नं. ७ का वडा अध्यक्ष राम मोहन आचार्यले पोखरा महानगरपालिका वडा नं. १७ बिरौटामा सञ्चालन भइरहेको ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञको दर्शन नगर्ने व्यक्ति पोखरेली हुन नसक्ने बताउनुभयो ।

हिजो मंगलबार महायज्ञमा प्रमुख अतिथीको रुपमा सहभागी हुनुभएका आचार्यले“यो कोटिहोम महायज्ञ हामी सबै मिलेर यस कार्यक्रमलाई धार्मिक बनाउनु पर्छ भन्नुभयो।

पछिल्लो समय समाजमा विकृती विसंगतिहरुलाई हरण गर्नको लागि पनि यो कोटिहोम महायज्ञ शिद्ध हुने छ भन्ने बिस्वास लिएको बताउनुभयो। म त भन्छु हाम्रो आगनीमा सञ्चालन भएको यस कोटिहोम महायज्ञको दर्शन नगर्ने व्यक्ति पोखरेली हुन सक्दैन भन्नुभयो ।“हाम्रो ठाउँमा सञ्चालन भएको यस प्रकारको महायज्ञबाट  हामी अत्यन्तै खुशी छौं यो बेला हामि सबैले साथ र सहयोग नगरे हामी सबैले ठूलो भुल गरेको हुनेछ भन्नुभयो ।”

अध्यक्ष राममोहन आचार्यले सन् २०२५ लाई महानगरपालिकाले घोषणा गरेको पर्यटन बर्ष लाई सफल बनाउनको लागि पनि यस कोटिहोम महायज्ञ जस्तो महत्वपूर्ण माध्यम अरु हुन नसक्ने बताउनुभयो ।

कोटिहोम महायज्ञको पूर्वसन्ध्यामा अहिले श्रीमद्भागवत कथा प्रवचन भइरहेको छ । चर्चित अन्तराष्ट्रिय कथा प्रवक्ता देवी प्रतिभाले कथा प्रवचन गरिरहनु भएको छ छ भने सुप्रिया किशोरी लगायत व्यक्ति हरुले प्रवचन गरिरहनु भएको छ । पछिल्लो समय भक्तजन, दानविर दाताहरुको पनि उल्लेख्य रुपमा उपस्थित बाक्लिदैगएको आयोजक हरूले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्: