भोलि कोटिहोममा जगद्गुरु शंकराचार्यसँगै वाल सन्त आचार्य आउँदै



जेठ २, पोखरा
पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा भोलि (शनिवार) भारतबाट जगद्गुरु शंकराचार्यसँगै वाल सन्त आचार्य आउँदै ।
कोटिहोममा भोलि सुमेरु पीठाधीश्वर जगद्गुरु शङ्कराचार्य स्वामी श्री नरेन्द्रानन्द सरस्वती जी महाराज र अनन्त श्री विभूषित १००८ महामण्डलेश्वर वाल सन्त आचार्य स्वामी रामेश्वरानंद सरस्वती जी महारज आउने प्रचार प्रसार संयोजक लेखराज ढकालले जानकारी दिनुभयो।
जगद्गुरु शंकराचार्यसँगै वाल सन्त आचार्य जेठ ३ गते देखि ५ गते सम्म पोखरामानै रहने कार्यक्रम रहेको छ पोखरामा बसिन्जेल हुने कोटिहोममा उहाँहरुले आफ्नो प्रवचन दिनुहुने छ भने देश विदेशबाट आगमन भएका साधु, सन्त, महन्तहरूको दर्शन,प्रवचन र आशीर्वादले कोटिहोमको महत्व झनै बढाएको संयोजक ढकालले जानकारी दिनुभयो।
महायज्ञका सङ्कल्पकर्ता वाल योगेश्वर विजय श्रीकृष्ण मूर्तिजीले गण्डकी कोटिहोम ज्ञान महायज्ञमा जेठ १ गते देखि एक सय जना कथा व्यास, एक सय जना सन्त, एक सय भन्दा बढी राष्ट्रिय कलाकारको आगमन हुने जानकारी दिएसँगै सन्तहरूको आगमन बढ्दै गएको छ।
कोटिहोममा भोलि शनिवार मात्रै एक लाख भक्तहरूले एकै दिन उपस्थिति जनाउने र उनका अनुसार शनिवार देशभरबाट ५ सय बढी बसमा कोटिहोममा भक्तजनको आगमन हुन लागेकोले पनि कोटिहोममा भोलि भक्तजनको उपस्थिति उल्लासमय उपस्थिति हुने उहाँले जानकारी दिनुभयो।
पोखरामा जारी कोटिहोममा भएको भक्तजनको उपस्थितिले २०८३ सालको अन्तिम तिर पनि पोखरामा महायज्ञ हुने उनले जानकारी दिए । जुन महायज्ञमा एक हजार भन्दा बढी धार्मिक सङ्घ संस्था पनि सामेल हुनेछन् ।
कोटिहोम महायज्ञ पश्चात पनि नियमित पोखरामा कार्यक्रम गर्न आश्रम स्थापना र मानस सेवा फाउन्डेसनको प्रदेश र जिल्ला समिति घोषण हुने बताउनुभयो छ भने यसैबिच जेठ ४ गते आइतबार नवलपुरबाट १ सय भन्दा बढी थारुहरूले आफ्नो विशेष प्रस्तुति लिएर आउन लागेको सांस्कृतिक झाँकी प्रस्तुति संयोजक पब्लिक स्पिकर, मोटीभेटर, शिक्षा तथा संस्कृतिविद् डा. तुलसी प्रभास खनालले जानकारी दिनुभयो ।
उहाँका अनुसार कोटिहोममा सहभागी हुन आउने थारुहरूले लाठी नाच, झमटा, झुमरा लगायतका झाँकी सहितको नृत्य प्रस्तुत गर्ने छन् त्यसै गरी जेठ १० गते शनिवार दक्षिण एसियाकै पहिलो पर्यटकीय गाउँ दरौँ सिरुवारिबाट स्थानीय जात जाति बाजा गाजा सहित झाँकी प्रस्तुत हुने र उनीहरूले कोटिहोम विशेष गरि त्यहाँको थाली नृत्य प्रस्तुत गर्ने खनालले जानकारी दिनुभयो ।
कोटिहोममा आज चर्चित गायिका एलिना चौहान, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त लोक गायिका तथा फाउन्डेसनकी केन्द्रीय उपाध्यक्ष राधिका हमाल र लोकदोहोरी गायिका पूर्णकला बिसीको प्रस्तुति रहने आयोजकले जनाएको छ।
कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याति प्राप्त कलाकारहरूबाट भजन, झाँकी, देव लीला, नृत्य लगायत प्रस्तुति रहेका छन् । पोखरा १७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिरको जग्गा र आसपासका स्थानीयको जग्गामा कोटिहोम सञ्चालन भएको छ । कोटिहोम जेठ २६ गतेसम्म सञ्चालन हुने छ ।


