Worldlink Communications

महिला स्वास्थ्य सम्बन्धी बृहत् निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न

जेठ १७ पोखरा

जेसिस सप्ताह-२०८२ जेठ १० देखि १६ गते सम्म आइपुग्दा पोखरा जेसिसको आयोजना र स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेशको सहकार्य मा महिला स्वास्थ्य सम्बन्धी बृहत् निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न गरेको छ।

लेडी जेसिस, गण्डकी मेडिकल कलेज र सन्तान IVF क्लिनिक कास्कीले पोखरा महानगरपालिका वडा नम्बर २२ पुम्दीलाई कार्यक्षेत्र छनोट गरी महिलाहरूका लागि पाठेघर र स्तन रोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको हो।

पोखरा जेसिस आयोजक, मेडिकल कलेज प्राविधिक सहयोग र मुख्य प्रायोजक बनी स्वास्थ्य सेवा सञ्चालन गर्नु भएको सो कार्यक्रममा स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेशले निःशुल्क औषधि प्रदान गरेको थियो ।

वडा नं २२, पुम्दी का कुल १६१ जना महिला आमा ,दिदी तथा बैहिनीहरुले आफ्नो स्वास्थ्य लाभ लिनु भएको थियो। शिविरमा आवश्यक सहयोग पुर्याउनु हुने स्वास्थ्य स्वयंसेविकाज्यूहरु ,वडाका कर्मचारी परिवार , जनप्रतिनिधिज्यूहरु लगायत सरोकारवाला सबैमा पोखरा महानगरपालिका २२ नं . वडा कार्यालयले हार्दिक कृतज्ञता समेत व्यक गरेको छ।

प्रतिक्रिया दिनुहोस्: