पोखरामा जारी कोटीहोम साञ्चिकै ऐतिहासिक रहेछ : महानायक हमाल

जेठ २०, पोखरा
पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा महानायक राजेश हमाल छमछमी नाचेका कोटीहोम साञ्चिकै ऐतिहासिक रहेछ भन्नुभयो
महानायक राजेस हमाललाई छैटौँ भ्वाइस अफ नेपालका विजेता प्रशेष पाण्डेले गीतमा महानायक हमालसँगै कोटिहोमका संकल्प कर्ता बालयोगेश्वर श्रीविजय कृष्णमूर्तिजी महाराजजी र भक्तजन पनि नाच्नु भएको थियो । कोटीहोममा महानायक राजेश हमालको सहभागिताले आफूहरु निकै निकै उत्साहित भएको महाराजजीले बताउनुभएको थियो ।
महानायक राजेस हमालले पवित्र मेलामा उपस्थिति जनाउने मौका दिएकोमा आयोजकप्रति आभार व्यक्त गर्दै कोटिहोम दर्शन गर्उन आउनुभएका भक्तजन उत्साहित भएको पाएको भन्दै सत्मार्गतर्फ लाग्न सके सम्म जीवनले सार्थकता पाउनेनै छ भन्नुभयो। कोटीहोम साच्चिकै ऐतिहासिक रहेको भन्दै उनले जीवनलाई आनन्दित बनाउन यस्ता खालका कोटिहोम आवश्यक रहेको बताउनुभएको थियो।
कोटीहोममा भागवत मञ्जरी राधिका दासीको प्रवचन सुन्न आज पनि हजारौ भक्तजनहरुको बाक्लो उपस्थिती भएको थियो।हिजो सोमबार पटकपटकको वर्षा तथा सार्वजनिक यातायात बन्द हुँदासमेत दुई लाख ५० हजार भन्दा बढी भक्तजन कोटीहोममा सहभागी भएको आयोजक हरूले दावी गर्नुभएको थियो ।
कोटीहोममा हालसम्म २० लाख बढी भक्तजन सहभागी भएको प्रचारप्रसार संयोजक लेखराज ढकालले जानकारी दिनुभयो। उहाले अझै थप्दै भन्नुभयो, ‘आज पटकपटक वर्षा भयो, यातायात बन्दको बन्द छ, तर पनि भक्तजन ओइरिरहनु भएको छ ।’
सोमबार महानायक राजेश हमालको सहभागिताका साथै राधिका दासीको प्रवचन सुन्न टाढाटाढाबाट भक्तजन आएको उनले बताउदै शनिबार देखि श्रीमद्देवी भागवत प्रवचन शुरु गरेकी राधिका दासीले जेठ २६ गतेसम्म प्रवचन दिनुहुनेभएको छ । राधिका दासीले पोखरा लाइ अलौकिक शहरमा भएको कोटीहोमले निकै ठूलो महत्व राख्ने बताउनुभएको थियो।
‘मुक्तिनाथलाई शिरमा, गुप्तेश्वरलाई समीपमा, ताल बाराही माताको काँखमा बसेर दिनहुँ करोड हवन चलिरहेको ठाउँमा बसेर श्रीमद्भागवत कथा सुन्न पाउनु हामी सबैको अहोभाग्य हो भन्नुभयो । धर्मले सिकाएको बाटोमा हामी सबै हिंड्नुपर्ने कुरा धर्मले सिकाएको भन्दै धर्म छोडिएमा अनर्थ हुने र धेरै दुःख पाइने प्रवचनका क्रममा भन्नुभयो ।
