Worldlink Communications

टिप्परले ठक्कर दिँदा ४२ वर्षीया मिना क्षेत्रीको मृत्यु

असार १३, पोखरा

टिप्परले ठक्कर दिँदा स्कुटर चालक  ४२ वर्षीया मिना क्षेत्रीको मृत्यु भएको छ।

पोखरा महानगरपालिका–१७ छोरेपाटनमा ग।क ३४४५ नम्बरको टिपरले ग।२६ प १२५९ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक स्याङ्जाको फेदीखोला गाउँपालिका–१ सर्केटारी बस्ने ४२ वर्षीया मिना क्षेत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ।

आज शुक्रबार दिउँसो भएको दुर्घटनामा गम्भीर घाइते हुनुभएको उहाको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो।

टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाका सम्बन्धमा कास्की प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: