Top Header Ad 1

कुलमान घिसिङको नियुक्तिविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार

कुलमान घिसिङको नियुक्तिविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार

परिबर्तन न्युज
७ आश्विन २०७८ बजे
परिबर्तन न्युज
७ आश्विन २०७८
असोज ७,काठमान्डौ
नेपाल बिधुत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नियुक्ति  विरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । प्रधानन्याधीश चोलेन्द्रशम्शेर जबराको नेतृत्वको एकल इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । योसँगै अब कुलमानलाई काम गर्ने बाटो खुलेको छ ।
सरकारले २७ साउनमा हितेन्द्रदेव शाक्यलाई हटाएर कुलमानलाई  बिधुत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको थियो भने देउवा सरकारले आफूलाई हटाउने निर्णय  गरेर गैरकानुनी काम गरेको दाबी गर्दै शाक्यले साउन ३२  मा सर्वोच्च जानु भयको थियो । स्मरण  रहोस  शाक्य लाई भने सरकारले उर्जा आयोगको सचिव सरहको पूर्ण सदस्यमा  नियुक्त गर्ने निर्णय भएको थियो ।
– प्रकाश अधिकारी

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज