नाइरोबी फ्लाइ संक्रमण बारे जानकारी त्यसबाट बच्ने उपाय

नाइरोबी फ्लाइ संक्रमण बारे जानकारी त्यसबाट बच्ने उपाय

परिबर्तन न्युज
१४ असार २०८२ बजे
परिबर्तन न्युज
१४ असार २०८२

असार १४, पोखरा

सामान्यतया पानी परेपश्चात वा बढी आद्रता भएको स्थानमा पाइने नाइरोबी फ्लाइ सुन्तला र कालो रंगको एक सानो किराले हाम्रो शरीरमा एककिसिमको अम्ल छोड्दा हाम्रो शरीरमा घाउको रोग लिने गर्दछ।

Advertisement:Ad
Advertisement:Ad

यसले मानवलाइ टोक्दैन तर यसको सम्पर्कमा आएपश्चात उक्त किराले निकाल्ने एक प्रकारको अम्ल (Acid) ले छालामा एलर्जी गराउदछ । यसको संक्रमण भएमा छालामा चिलाउने, जलन हुने, छाला रातो हुने, जनैखटिरा जस्तै खटिरा देखिने र १२ देखी ३६ घण्टा पश्चात उक्त घाउबाट तरल पदार्थ चुहिने जस्ता लक्षण देखा पर्दछन ।

रोकथामः नाइरोबि फ्लाइ किराको सम्पर्क बाट बच्नको लागी राती सुत्दा झुलको प्रयोग गर्ने, लामो बाहुला भएको लुगा लगाउने, रातीको समयमा चम्किलो उज्यालो भएको बत्तिमुनी नबस्ने (अरु किराजस्तै नाइरोबी फ्लाइ किरापनि बत्तिमा आकर्षित हुने गर्दछ।) यदि किरा तपाईंको छालामा बसेको छ भने, त्यसलाई हल्कासँग फुकेर भगाउनुहोस, मार्ने काम नगर्नुहोस ।

Advertisement:Ad
Advertisement:Ad

उपचार र व्यवस्थापनः किरा बसेको छालाको भागलाइ सावुन पानीले राम्ररी सफा गरेर धुने, चिसो पानीले सेक्ने । थप उपचारको लागी स्वास्थ्यकर्मीको सल्लाह लिने । सामान्यतया यो संक्रमण ७ देखी २८ दिन भित्रमा निको भएर जान्छ ।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज