Worldlink Communications

लामाचौर तीज महोत्सव लाई सफल बनाउन कसिए आमा समूहहरू

असार २७, पोखरा

मौलिक संस्कृतिको जगेर्ना गरौँ भन्दै २९ औँ वार्षिक उत्सव समारोह लामाचौर तीज गीत कार्यक्रमलाई सफल बनाउनको लागि पोखरा वडा नं. १६ र १९ का आमा समूह लगायत विभिन्न संघ संस्थाहरु एकबद्ध भएर सो कार्यक्रमलाई सफल पार्नको लागि विभिन्न कार्यक्रमहरू गरेका छन्।

नव आदर्श सामुदायिक विकास समाज पोखरा लामाचौर कास्कीले विगत २८ वर्षअघिदेखि गर्दै आएको तीज महोत्सव तथा विभिन्न खुला भलिबल प्रतियोगिता, अन्तर मा.वि. छात्रा भलिबल प्रतियोगिता, विद्यालय नृत्य प्रतियोगिता, औद्योगिक मेला तथा विभिन्न स्टलहरु र विविध सांस्कृतिक कार्यक्रमहरू सहित राष्ट्रिय कलाकार हरूद्वारा रमाइलो गर्दै आइरहेको कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिने भएपछि वडा नम्बर १६ र २० का आमा समूह लगायत विभिन्न संघसंस्थाहरु कसिएर लागेको छन्।

कार्यक्रम सफल बनाउनको लागि गठित महिला समन्वय समिति द्वारा आज आफ्नै सभा हलमा गरिएको कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष दिनेश भण्डारीले गर्नुभएको थियो भने स्वागत मन्तव्य सिर्जना आमा समूहकी शारदा पौडेलले व्यक्त गर्नुभएको थियो।

वडा न. १६ का वडा सदस्य मञ्जु बस्याल ले आफूले आफ्नो धर्म संस्कृति परम्परा जोगाउनका लागि गरिएका हरेक कार्यक्रमहरुलाई वडाबाट सक्दो सहयोग गरिरहेको र अब पनि केही गरिने बताउनु भयो भने वडा न. १९ का वडा सदस्य दुर्गा बस्नेतले जुनसुकै काम गर्दा पनि योजनाबद्ध गरिएका कामहरु सफल हुने भएको हुनाले वडा नम्बर १६ मा नै हुन लागेको यस कार्यक्रमलाई सफल बनाउन को लागि वडाबाट विगत वर्षहरूमा दिँदै आएको हरेक प्रकारका सहयोगहरु यस वर्ष पनि गरिने बताउनुभयो।

कार्यक्रमको सफलताको लागि पूर्व अध्यक्ष एवं अर्थ संयोजक कमल थापा त्यस्तैगरी पूर्व अध्यक्ष एवं सत्कार संयोजक समितिका अध्यक्ष संजय अधिकारी, पूर्व अध्यक्ष रेश्मा शेरचन अधिकारी ,प्रथम उपाध्यक्ष शोभा केसी लगायतले स्वागत मन्तव्य व्यक्त व्यक्त गर्दै कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्दै आफूले सकेको सहयोग रकमहरू बोल्दै थप सहयोग गर्ने वचनबद्धता व्यक्त गर्नुभएको  थियो।

पोखरा १६ र १९ का आमा समूह टोल विकास समिति विभिन्न मन्दिर समिति, सहकारीमा आवद्ध आमा दिदीबहिनीहरू विभिन्न क्लबका समिति हरूमा आबद्ध रहनुभएका जिम्मेवार आमा दिदीबहिनीहरू लगायत करिब १०० जनाको समउपस्थितिमा भएको सो कार्यक्रमलाई महिला समन्वय समिति का सदस्य गीता भण्डारीले भव्य र सभ्य रूपले सञ्चालन गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्: