Top Header Ad 1

नेकपा एमालेले आफ्ना सांसदलाई एकाएक उपत्यका नछाड्न सूचना

नेकपा एमालेले आफ्ना सांसदलाई एकाएक उपत्यका नछाड्न सूचना

परिबर्तन न्युज
३ भाद्र २०८२ बजे
परिबर्तन न्युज
३ भाद्र २०८२

भाद्र ३ , काठमाडौँ

सत्तादल नेकपा एमालेले आफ्ना सांसदलाई उपत्यका नछाड्न आफ्ना सभासदहरुलाइ एकाएक उर्दि जारि गर्दै हरेकको मोबाइलमा म्यासेज पठाएको छ।

मंगलबार सांसदहरूलाई मोबाइलमा मेसेज पठाउँदै एमालेले आफ्ना सांसदहरूलाई तत्काल उपत्यका बाहिरका कुनै पनि कार्यक्रममा नजान निर्देशन दिएको हो।

उपत्यका बाहिर भएका सांसदलाई फर्कन र उपत्यकामै भएका सांसदलाई कहीँ नजान भन्दै एसएमएसमार्फत निर्देशन दिइएको बताइएको छ।

एमाले-कांग्रेसले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउने गरी हस्ताक्षर संकलन गरिरहेको अवस्थामा एमालेले आफ्ना सांसदलाई उपत्यकामै रहन म्यासेज पठाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज

भर्खरै