विद्यालय स्तरीय तीज गीत प्रतियोगिता सम्पन्न-पामे आ.वि प्रथम

भदौ ६, पोखरा
पोखरा महानगरपालिका वार्ड नं २४ द्वारा आयोजित विद्यालय स्तरीय तीज गीत प्रतियोगितामा श्री पामे आधारभूत विद्यालय प्रथम भएको छ।
श्री पामे आधारभूत विद्यालयको प्राङ्गणमा सञ्चालन भएको सो कार्यक्रम श्री पामे आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गंगाधर दवाडीको अध्यक्षतामा भएको थियो । कार्यक्रमको प्रमुख अतिथि वडाध्यक्ष भरतबहादुर अधिकारीले ब्यानरमा हस्ताक्षर गरेर कार्यक्रमको उद्घघाटन गर्नुभएको थियो।कार्यक्रमलाई भव्य र सभ्य रूपले पोखरा २४ का सचिव इन्द्र जि सि ले सञ्चालन गर्नु भएको थियो।
लोकतन्त्रमा गुणस्तरीय शिक्षाको महत्त्व भन्ने विषयमा रहेर वडा नं २४ अन्तर्गतका आधारभूत विद्यालय १ देखि ८ सम्मका ११ वटा मध्ये ६ वटा विद्यालयले भाग लिएका सो प्रतियोगितामा पामे आधारभूत मावि प्रथम भइ नगद ५ हजार पुरस्कार र प्रमाणपत्र प्राप्त गरेको छ भने बसन्त आधारभूत विद्यालय द्वितीय भइ नगद ३ हजार पुरस्कार र प्रमाणपत्र प्राप्त गरेको छ त्यस्तैगरी मातृभूमि जनप्रकाश आधारभूत विद्यालय तृतीय भएर नगद २ हजार पुरस्कार र प्रमाणपत्र प्राप्त गरेको छ भने सहभागी टिमहरूलाई नगद १ हजार र प्रमाणपत्र उपलब्ध गराइएको थियो।
कार्यक्रममा पोखरा २४ का जनप्रतिनिधिहरू, विभिन्न पार्टीका प्रतिनिधिहरू, विद्यालयका प्रधानाध्यापकहरू ,शिक्षकहरू, विद्यार्थीहरू को उपस्थितिमा भएको सो कार्यक्रमलाई जनप्रतिनिधि रेशम सुवेदी र विद्यालयको तर्फबाट रिना शाहले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो।