Worldlink Communications

नेपालमा डेङ्गी सङ्क्रमितको सङ्ख्या नाघ्यो पाँच हजार,गण्डकी प्रदेशमा मात्र एक हजार सक्रमित

असोज २२, पोखरा

विगत वर्षहरूमा जस्तै यस वर्ष पनि वर्षा सकिएसँगै नेपालमा डेङ्गी सङ्क्रमितको सङ्ख्या ५ हजार ५ सय ४२ पुगेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको पछिल्लो तथ्याङ्क अनुसार ७ दिनमा मात्रै १ सय ९० नयाँ सङ्क्रमित थपिएका छन् । अहिलेसम्म ७५ जिल्लामा डेङ्गी सङ्क्रमण रोगीहरू देखा परेका छन।

पछिल्लो एक हप्तामा सबैभन्दा धेरै सङ्क्रमित बागमती प्रदेशमा ९४ जना भेटिएका छन् ।सङ्क्रमितमध्ये सबैभन्दा धेरै गण्डकी प्रदेशमा १ हजार ३ सय ५६ जना छन् भने बागमतीमा १ हजार ३ सय १४, लुम्बिनीमा ९ सय ७३, कोशीमा ७ सय ८५, सुदूरपश्चिममा ६ सय ६७, मधेशमा १ सय १९ र कर्णालीमा ३ सय २८ जना सङ्क्रमित रहेको जानकारी गराइएको छ ।

हिजो असोज २१ गतेसम्म डेङ्गीका कारण ३ जनाको ज्यान गएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: