कात्तिक १८, पोखरा
पर्यटन विभागका अनुसार पर्वतारोहण र पदयात्रामा गएका ४ जना पर्यटक र सहयोगीको मृत्यु भएको छ भने ५ जना पर्यटकहरु वेपत्ता भएका छन् ।
विभागका अनुसार गोरखा जिल्लाको पानवरी हिमाल (६८८७ मिटर) आरोहण गर्न अल्पाइन ट्रेकिङ सर्भिसमार्फत अनुमति प्राप्त २ इटालियन आरोही फार्रोनेटो स्टेफानो र क्यापुटो आलेसान्द्रो ११ कात्तिकदेखि भारी हिमपातमा हराइरहेका थिए ।
डिमर्श डेस्टिनेशन ट्रेक एण्ड एक्सपिडिसनबाट डोल्मा खाङ (६३३२ मि.) हिमाल आरोहणका लागि अनुमति लिएकामध्ये पाओलो कोक्को (इटाली) र मार्को डी मार्सेलो (क्यानडा) दोलखाको येलुङ रि पिक आरोहणका क्रममा वेपत्ता भएका छन् ।
दोलखाको हिमपहिरोमा परी ती दुई आरोहीसहित थप तीन विदेशी आरोही समेत वेपत्ता रहेको जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ ।
अन्तत उनीहरुलाई मृत अवस्थामा फेला पारी आज शव काठमाडौं ल्याइएको विभागले जनाएको छ। दुई नेपाली गाइड पदम तामाङ र मेरेस कार्कीको पनि मृत्यु भएको जानकारी दिएको छ ।यो घटनामा ८ जना घाइते भएको समेत कार्यालयको विवरणमा उल्लेख छ ।









प्रतिक्रिया