अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रति असहमति जनाउँदै पार्टी पुनर्गठन गर्ने-जनार्दन शर्मा

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रति असहमति जनाउँदै पार्टी पुनर्गठन गर्ने-जनार्दन शर्मा

परिबर्तन न्युज
२० कार्तिक २०८२ बजे
परिबर्तन न्युज
२० कार्तिक २०८२

कार्तिक २०, काठमाडौँ

नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा (प्रभाकर) ले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रति असहमति जनाउँदै पार्टी पुनर्गठन गर्ने घोषणा गर्नुभएको छ।

Advertisement:Ad
Advertisement:Ad

शनिबार पेरिसडाँडामा बसेको माओवादी सचिवालय बैठकमा उहाले लिखित धारणा प्रस्तुत गर्दै माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीसँग हुने भनिएको एकता प्रक्रियालाई “माओवादी आन्दोलन को आत्मसमर्पण” भन्दै तीव्र आपत्ति जनाउनु भएको थियो।

माधव नेपालसँग पार्टी एकता गरियो भने म जान्नँ बरु म पार्टी पुनर्गठन गर्छु भन्दै प्रचण्डले वैचारिक स्पष्टता र जनयुद्धको मूल्याङ्कन नगरी एकताको नाममा पार्टीलाई समाप्त पार्दै जानु भएको छ ।महाधिवेशन टार्न र सत्ता स्वार्थका लागि एकताको नाटक गरेको उहाँको आरोप लगाउनुभएको छ।

Advertisement:Ad
Advertisement:Ad

शर्माले माओवादी पार्टीले शहीद, बेपत्ता र घाइते योद्धाहरूको सपना बिर्सेको, नेतृत्व हस्तान्तरण र पारदर्शिता बेवास्ता गरेको भन्दै यो माओवादी होइन, अवसरवादी मार्ग हो  भन्नुभएको छ । अब पुनर्गठन हुने माओवादी पार्टीले जेन–जि आन्दोलनको भावना अनुसार नयाँ विचार र नेतृत्व गर्ने संकेत दिनुभएको छ।

बैठकमा अध्यक्ष प्रचण्डले भने शर्माको शैलीलाई “अराजक” भन्दै आलोचना गर्नुभएको थियो।। तर अन्य नेताहरूले भने पार्टी फुट्ने अवस्था नआएको र जनार्दनलाई फेरि छलफलमा ल्याउने प्रयास जारी राख्ने बताएका थिए।

कार्यक्रममा प्रभाकरले भने स्पष्ट सन्देश दिनुभएको छ  “माओवादी विचार र पहिचानलाइ बचाउन पुनर्गठन अपरिहार्य छ। यो कमरेड प्रचण्डको आत्मसमर्पण हो भने पार्टीलाई पुनर्गठन गर्दै अगाडि लैजानु आत्मसमर्पण होइन, नयाँ सुरुवात हो।” भन्नुभयो।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज