Top Header Ad 1
Top Header Ad 2

विकास निर्माणमा स्थानिय नागरिकहरुको सहयोग अपरिहार्य ः मन्त्री थापा

विकास निर्माणमा स्थानिय नागरिकहरुको सहयोग अपरिहार्य ः मन्त्री थापा

परिबर्तन न्युज
२५ आश्विन २०७८ बजे
परिबर्तन न्युज
२५ आश्विन २०७८

असोज २५, पोखरा

गण्डकी प्रदेश का कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले विकास निर्माणमा स्थानिय नागरिकहरुको सहयोग अपरिहार्य रहेको बताउनुभएको छ । नेपाली काँग्रेस पोखरा महानगरपालिका वडा नं २१ ले आयोजना गरेको बडादशैं, तिहार, छठ तथा नेपाल सम्वत्को अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै मन्त्री थापाले स्थानीय जनसह भागिता विना कुनै पनि विकास काम अगाडि बडन नसक्ने  बताउनु भयो ।

स्थानिय  स्तरमा  विकास को सम्बन्ध मा स्थानीयको  महत्त्वपूर्ण भूमिका उल्लेखनिय हुन्छ भन्न्नुभयो त्यसैले त जहाँ स्थानीयहरुको जनसहभागिता हुदैन त्यहा कुनै पनि काम सजिलै अगाडि बढाउन सक्दैन । विकासका सकरात्मक पक्षहरुमा सबै एक भएर हिड्नुपर्ने आजको आवश्यकता हो भन्नू भयो ।

पोखरा २१ लाई पर्यटकिय क्षेत्रको रुपमा समेत विकास गर्दै लैजानुपर्नेमा जोड दिनुभयो । बिकास को सम्भावना नै सम्भावना बोकेको क्षेत्र हुँदाहुँदै पनि विकासको दृष्टिकोणबाट अरु वडा भन्दा अलिक पछाडि परेको उल्लेख गर्दै होमस्टे अवधारणा अनुरुप वडाको आर्थिक स्तरमा सुधार ल्याउन सकिने धारण राख्नु भयो ।

साथै उहाँले पोखरा २१ लाई कृषिको पकेट क्षेत्रको रुपमा समेत विकास गर्न सकिने पनि बताउनुभयो । पोखरा २१ लाई कृषिको पकेट क्षेत्रको रुपमा समेत विकास गर्न सकिन्छ भन्नुभयो यहाँ धेरै सम्भावनाहरु छन्, हामीले पहिचान गर्न नसकेका मात्र हौं भन्दै आफ्ना कुरा राख्नु भयको थियो । मन्त्री थापाले पोखरा २१ को विकास निर्माणमा देखिएका समस्यालाई सम्बोधन गर्न आफ्नो पहलकदमी रहने बताउनुभयो । विशेषगरी यश  क्षेत्रमा देखिएको खानेपानीको समस्यालाई समेत चाँडै नै समाधान गर्ने बताउनु भयो । भन्नुभयो ।

स्मरण रहोस नेपाली काँग्रेस पोखरा २१ का सभापति केवल गिरीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा विभिन्न पार्टीको ४१ जना कार्यकर्ता नेपालि काँग्रेस प्रवेश गरेका थिय।                                                                                                                        -प्रकाश अधिकारी

 

 

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज