कार्तिक २२, पोखरा
नेकपा (एमाले) का पुर्व पार्टी निर्वाचन प्रमुख तथा पुर्ब प्रदेस प्रमुख सोमनाथ अधिकारी प्यासीले जेन्जि बाबु नानीहरुले गर्न खोजेको परिवर्तनलाइ बिचौलियाको अकर्मण्यताले देस खरानी बनेको बताउनु भयो ।
प्यासीले सविधानको रक्षाका लागि संसद पुर्नस्थापनाको बिकल्प नरहेको बताउनुभयो। बर्तमान सरकार संविधानभन्दा बाहिरबाट निर्माण भएको बताउदैं संविधानको रक्षा र जेन्जिका माग सम्वोधन गर्नका लागि पनि संसद पुर्नस्थापना हुन अनिवार्य भएको बताउनु भयो।
नेकपा (एमाले) पोखरा महानगर कमिटी -१६ को वडा भेलालाई सम्बोधन गर्दै प्यासीले अहिलेको यहि अवस्थामा निर्वाचन हुन सक्ने बताउनुभयो ।ठुलो सङ्ख्यामा हातहतियार लुटिएका छन् त्यसको दुरुपयोग हुने खतरा छ निर्वाचन शान्तिपुर्ण हुने देखिदैंन त्यसकारण निर्वाचन हुने सम्भावना छैन भन्नुभयो ।
सरकारले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई उपत्यकाबाट बाहिर जान रोक लगाउने काम सहि नभएको बताउनुभयो । आन्दोलनबाट सिर्जित अवस्थालाई पार्टीले निर्मम समीक्षा गर्दै अगाडि बढ्नुपर्ने गर्नुपर्ने बताउनुभयो ।
अहिले पार्टीको विषम परिस्थितिलाई आन्तरिक रुपमा छलफल र बिचार बिमर्शबाट निकास निकाल्छौ भन्दै हामि हाम्रा कमजोरी सच्चाउन सक्छौं तर देशलाई वर्वाद हुन दिदैनौ भन्नुभयो ।
विगतमा भएगरेका कमीकमजोरीहरूलाई सच्चाउँदै अब गफ होइन व्यवहारमै काम गरेर देखाउनु पर्छ, नीतिगत रूपमै शैलीगत रुपमै सच्चाउदै देशलाई सहि दिशामा लैजान नेता नेतृत्व र कार्यकर्ताहरु सबै तयार रहनुपर्ने बताउनुभयो।









प्रतिक्रिया