मंसिर १७,काठमाडौं
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक प्रदीप अधिकारी पक्राउ पर्नुभएको छ ।
भक्तपुरको नलिञ्चोकस्थित हेलिप्याड प्रकरणमा बयानका लागि पुग्नुभएका अधिकारीलाई अख्तियारले नियन्त्रणमा लिएको हो ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उहालाई पक्राउ गरेसँगै विशेष अदालतमा मुद्दा दायर गर्ने जनाएको छ।
आयोगले उहा सहित क्यानका पूर्व महानिर्देशक मुरारी भण्डारीलाई पनि नियन्त्रणमा लिएको छ ।आयोगले उहहरु विरुद्ध भ्रष्टाचार सम्बन्धी मुद्दाको अभियोगपत्र दायर गर्ने तयारी गरिरहेको स्रोतले बताएको छ।
प्रकाशित मिति: १७ मंसिर २०८२









प्रतिक्रिया