मंसिर १८,पोखरा
पर्यटकीय राजधानीको रुपमा रहेको पोखराको लेकसाइड क्षेत्रका रेस्टुरेन्ट ब्यबसायीहरुको संस्था रेष्टुरेण्ट एण्ड बार एशोसियशन नेपाल (रेवान) पोखराले यस बर्ष पनि लेकसाइडमा सडक महोत्सब गर्ने भएको छ।
रेवानले हरेक बर्ष अंग्रेजी नयाँ वर्षको अवसरमा गर्दै आएको पोखरा सडक महोत्सवको २७ औं संस्करण आगामी पौष १३ गते देखी १७ सम्म हुने भएको छ।‘सडक मै खाउ, सडक मै रमाउँ’ भन्ने नाराका साथ आयोजना हुँदै आएको महोत्सवले पोखरालाई आन्तरिक तथा वाह्य पर्यटकलाई रमाइलो गर्ने अङ्ग्रेजी नयाँ बर्षकोलाइ चाडपर्वको रुपमा मनाउँदै आएकोलाइ निरन्तरता दिएको आयोजक संस्था रेवानले बिहीबार पत्रकार भेटघाट मार्फत जानकारी दिएको थियो ।
रेबानले स्थानीय सहित बिभिन्न जातीय संस्कृतिको प्रबर्द्दन गर्न, स्थानीय स्तरमा उत्पादित सामग्रीलाई वजार, प्रचार प्रसार, व्यापार वढाउन, ब्राण्डिङ गर्न तथा अवलोकन गराउने एउटै थलो पोखरा सडक महोत्सवले पर्यटक आकर्षण गर्न होस् वा लोपोन्मुख सामग्रीलाई संरक्षण गर्न सडक महोत्सब उपयोगी मानिएको रेवान पोखराका अध्यक्ष विश्वराज पौडेले जानकारी दिनुभयो।
पोखराको सेरोफेरोको स्थानीय उत्पादीत हस्तकला, चित्रकला, मुर्तिकला तथा कृर्षि, वनस्पती लगायतका कृषि उपजहरुलाई प्राथमिकता साथ प्रदर्शनीको व्यवस्था गरिने छ । पोखराका विभिन्न साहसिक गतिविधिको डकुमेन्टी प्रर्दशनका साथै पर्यटकिय गन्तब्यको प्रबर्द्दन गरिने बताइएको छ। व्यवसायीहरुले सडक महोत्सवको अवधारणा अनुरुप सोही व्यवसाय निर्धारित पसल अगाडी ल्याई सजावटका साथ व्यवसाय संचालन गरिने जानकारी दिनुभयो।
परिवर्तित समयसँगै महोत्सवलाई पृथक र थप आर्कषक कसरी बनाउन सकिन्छ भनेर विभिन्न सरोकारवालाहरुको सल्लाह सुझावहरु पनि ग्रहण गरिरहेको सडक महोत्सब कार्यक्रमका मूल संयोजक बसन्त गौतमले गुरुकुल खबरलाई जानकारी दिए । महोत्सबको प्रबर्दकमा नेपाल पर्यटन वोर्ड, पोखरा महानगरपालिका, गण्डकी प्रदेश सरकार, पाेखरा भ्रमण वर्ष २०२५ र पोखरा पर्यटन परिषद् लगायतका बिभिन्न संस्था र निकाय रहेको मुल संयोजक गौतमले बताउनुभयो ।
महोत्सवको मुख्य प्रायोजकमा गोर्खा व्रुअरी प्रालि, सह प्रायोजकमा बोटलर्स नेपाल (तराई) र दि नेपाल डिष्टिलरी प्रालि रहेका छन् ।होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले सडक महोत्सबको आयोजना रेवान पोखराले गर्ने भएपनि यो महोत्सब सबैको साझा महोत्सव बनेको बताए। पत्रकार भेटघाट कार्यक्रममा रेवान पाेखरा मा निवर्तमान अध्यक्ष नरेश भट्टराई, पत्रकार महासंघ गण्डकीका अध्यक्ष रमेश पौडेल र कास्कीका अध्यक्ष माधव बराल जानकारी दिनुभयो।









प्रतिक्रिया