मंसिर २४, पोखरा
पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा, पोखरा–१६, बाटुलेचौर तथा वडा कृषि सञ्जाल-१६ को संयुक्त आयोजनामा भोलि मङ्सिर २६ गते मौरी तथा मह मेला हुने भएको छ।
महको प्रयोगलाई बजारीकरण गर्नको लागी मौरीपालन व्यवसाय लाइ थप सशक्त बनाउने उदेश्यका साथ मंसिर २६ गते पोखरा-१६ को पर्यटकीय स्थल महेन्द्रगुफा परिसरमा बिहान १०:३० बजेबाट मेला सुरु हुने कृषि सञ्जालका अध्यक्ष जितबहादुर बस्नेतले बताउनु भयो।
मेलामा स्थानीय किसानहरूले उत्पादन गर्नुभएको महको उत्पादन, र त्यसको क्षमता सँगै महको व्यवस्थापन पद्धति र व्यवसायिक निरन्तरताको आधारमा छानिनुभएका उत्कृष्ट मौरीपालक किसान छनौट गरी सम्मान गरिने पनि जानकारी दिनुभयो ।
मेलालाई थप आकर्षक र प्रभावकारी बनाउनको लागि विभिन्न रचनात्मक एवं सिर्जनात्मक प्रतियोगिता राखिएको छ जसमा मह काढ्ने प्रतियोगिता, कृषि सम्बन्धी वक्तृत्वकला मौरीपालन सम्बन्धी खुल्ला हाजिर–जवाफ, कृषक कृषक बीच कृषि सवाल–जवाफ, स्थानीय महको प्रत्यक्ष बिक्री, प्राविधिक सामाग्री तथा प्रविधिको प्रदर्शनी गरिने जानकारी दिइएको छ।
यस मेलाबाट कृषक कृषकहरूबीच व्यवसायिक अनुभव आदान–प्रदान, आफूले प्रयोग गर्दै आएका विभिन्न प्रविधि हस्तान्तरण तथा बजार पहुँच विस्तारमा उल्लेखनीय योगदान पुग्ने र मौरीपालक किसानलाई व्यवसायिक रूपमा विस्तार गर्न थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।
आयोजकले पोखरा तथा आसपासका सम्पूर्ण मौरीपालक कृषक, कृषि उद्यमी, विद्यार्थी तथा उपभोक्तालाई मेलामा उपस्थित सबैलाई मौरीपालनप्रति रुचि बढाउन र स्थानीय महको प्रयोगलाई प्रत्यक्ष रूपमा महलाइ स्वास्थ्यसँग जोडेर प्रोत्साहन गरिने जानकारी दिइएको छ।









प्रतिक्रिया