Top Header Ad 1

पपुलर स्नूकर हाउस एन्ड पुल क्लब पोखरा १६ द्वारा रमाइलो वनभोज कार्यक्रम गर्दै

पपुलर स्नूकर हाउस एन्ड पुल क्लब पोखरा १६ द्वारा रमाइलो वनभोज कार्यक्रम गर्दै

खेलाडी र खेलप्रेमीहरूको उत्साह उमङ्ग र भावनालाई सम्बोधन गर्दै पपुलर स्कनूर हाउस एन्ड पुल क्लब पोखरा १६ ले रमाइलो वनभोज कार्यक्रम आयोजना गरेको छ।

परिबर्तन न्युज
२७ मंसिर २०८२ बजे
परिबर्तन न्युज
२७ मंसिर २०८२

मंसिर २७, पोखरा

पपुलर स्नूकर हाउस एन्ड पुल क्लब पोखरा १६ ले रमाइलो वनभोज कार्यक्रम गरेको छ।

Advertisement:Ad

पोखरा महानगरपालिका वडा न. १६ लामाचौर घारीपाटनमा रहेको पपुलर स्नूकर हाउस एन्ड पुल क्लबको आयोजनामा गरिएको वनभोज कार्यक्रमको संयोजक युवा व्यक्तित्व सुरेन्द्र पाण्डे हुनुहुन्छ भने सह संयोजक युवा व्यक्तित्व सुनिल थापा हुनुहुन्छ। त्यस्तैगरी कार्यक्रमको व्यवस्थापकीय भूमिकामा स्नूकर हाउसका सञ्चालक सविन जि सी रहनुभएको छ।

कास्की बिलियार्ड सङ्घका अध्यक्ष विभिन्न क्लब, केही संघसंस्था का अध्यक्ष र स्कुलका अध्यक्ष लगायतलाई आमन्त्रण गरिएको रमाइलो वनभोज कार्यक्रम पोखरा १६ मा रहेको कालीखोलामा गरिएको थियो।

रमाइलो  बनभोज कार्यक्रममा करिब ५० जना भन्दा बढी स्थानीय खेलाडी र खेलप्रति चासो राख्ने युवाहरूको जमघटले रमाइलो बनेको रमाइलो वनभोज कार्यक्रम साँच्चिकै रमाइलो भएको कार्यक्रमका व्यवस्थापक सविन जि सी ले बताउनुभयो।

 

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज