नेकपा एमाले कास्कीले केन्द्रीय पदाधिकारी सचिव सहित नौ जना केन्द्रीय सदस्य पायो

नेकपा एमाले कास्कीले केन्द्रीय पदाधिकारी सचिव सहित नौ जना केन्द्रीय सदस्य पायो

परिबर्तन न्युज
३ पुष २०८२ बजे
परिबर्तन न्युज
३ पुष २०८२

पौष ३ पोखरा

नेकपा एमालेको ११औ महाधिवेशनबाट कास्की जिल्लाले केन्द्रीय पदाधिकारी सचिव खगराज अधिकारी सहित नौ जना केन्द्रीय सदस्य पाएको छ ।

Advertisement:Ad
Advertisement:Ad

एमालेको ११औं महाधिवेशनबाट सचिव पदमा निर्वाचित खगराज अधिकारी एमालेको पदाधिकारी बन्ने कास्कीको पहिलो नेताको रुपमा स्थापित भई आफ्नो इतिहास रच्नु भएको छ।

आज विहीबार सम्पन्न मतगणनामा एक हजार दुई सय ३१ मत ल्याएर सचिव पदमा निर्वाचित भएको छ। उहा गण्डकी प्रदेश कास्की जिल्ला क्षेत्र नम्बर ३ (ख) बाट निर्वाचित एमाले संसदीय दलका नेता हुनुहुन्छ।

Advertisement:Ad
Advertisement:Ad

नेपाल सरकारका पूर्व गृहमन्त्री बनिसक्नुभएका उहाँ गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री हुनुभइ सक्नु भएको छ। यसअघि नेकपा एमालेको केन्द्रीय सदस्य बनिसक्नु भएका उहाँ  संगठन विभाग प्रमुख हुनु भएको थियो ।

कास्की जिल्लाबाटै केन्द्रिय सचिव सहित केन्द्रीय कमिटी सदस्यमा जगत विश्वकर्मा, कृष्ण थापा, राजिव पहारी, मन्जु गुरुङ, प्रभा कोइराला, रश्मि आचार्य, देवका पहारी, क्रान्ति बुर्लाकोटी, नवराज ओझा  निर्वाचित हुनुभएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज