पोखरा -१६ मा टोल नगर शहर सुधार तथा नेपाली एकता अभियान

पोखरा -१६ मा टोल नगर शहर सुधार तथा नेपाली एकता अभियान

परिबर्तन न्युज
११ पुष २०८२ बजे
परिबर्तन न्युज
११ पुष २०८२

पौष ११, पोखरा

पोखरा महानगरपालिका वडा नं. १६ मा केहि गरौ भन्ने भावना का साथ सक्रिय व्यक्तित्वहरू ले आज टोल गाउँनगर-शहर सुधार तथा नेपाली एकता अभियान सुरुवाती कार्यक्रमको बैठक सम्पन्न गरेको छन।

Advertisement:Ad
Advertisement:Ad

शुक्रवार विहान कालिका बहुउदेश्यीय भवन‌मा सम्पन्न भएको उक्त बैठकमा विभिन्न प्रस्तावहरू प्रस्तुत गर्दै संयोजक गोविन्द बस्नेत लगायतको टिमलाइ काम गर्ने जिम्मेवारी दिएको छ। विजय सापकोटाले सञ्चालन गर्नुभएको सो कार्यक्रममा स्थानीय लब्ध प्रतिष्ठित बुद्धि जीवी एबम विभिन्न संघसंस्थामा आबद्ध व्यक्तित्वहरू को उपस्थिति थियो।

कार्यक्रममा टोलविकास संस्था, आमा समूह, लगायत विभिन्न सामाजिक संघसंस्था आबद्ध व्यक्तित्वहरुको प्रतिनिधि, सचेत नागरिकहरुको उपस्थितिमा प्रस्तुत प्रस्ताव हरूमाथि छलफल एवं बहस गरिएको थियो।

Advertisement:Ad
Advertisement:Ad

भदौ २३ र २४ गते भएको जेन्जी उमेर समूहको आन्दोलनबाट ध्वस्त भएको वडा कार्यालय १६ को भवन सरकारले नै बनाउने कि हामिले नै बनाउने बिषयमा वडामा कार्हायलय छिटो मर्मत गरोस् भन्ने कि यहाँका विभिन्न सामाजिक र अन्य संघसंस्था हरुको पहलमा आफ्‌नो वडा आँफै राम्रो बनाउने भन्ने विषयमा पहिला वडासँग छलफल गरिने संयोजक गोविन्द बहादुर बस्नेतले जानकारी दिनुभयो।

शान्ती सुरक्षा अमनचयन सरसफाई र समाजमा बढ्दो बेथितिको सम्वन्धमा बाटुलेचौर , लामाचौर लगायतका विभिन्न स्थानहरूमा शान्ती सुरक्षा अमनचयन कायम राख्न, अराजक वेथितिहरू हटाउन र सरसफाई अभि यान चलाइ पर्यटन विकास, सम्पदाहरु संरक्षण गर्न यहाँका सबै संघसंस्थाहरू सक्रिय हुनुपर्ने यसलाइ सफल बनाउनको लागी यससँग सम्बद्ध सबै पक्षलाई पत्राचार गरि अगाडि बढिने बताउनुभयो।

जेन्जी आन्दोलनपछि कमजोर बनेका प्रहरि सुरक्षाबल , प्रहरी प्रशासनको आत्मबल बढाउनको लागि नागरिक समाज सामाजिक संघसंस्थाहरुले प्रहरी प्रशासनलाइ के कसरी सहयोग गर्न सकिन्छ भन्ने चिन्तन गर्दै उहाँहरूको खस्केको आत्मबललाई बढवा दिन, हौशला प्रदान कायम रहने गरि सहकार्य गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिइएको र यसमा हाम्रो महत्वपूर्ण भूमिका रहने बताउनु भएको।

कृषि पर्यटन र विभिन्न क्षेत्रमा काम गर्ने भनि समाजमा विभिन्न तरिकाले काम गरिरहेका नागरिकहरू, सरोकारवाला र अभियानकर्ता हरूले आफ्नो क्षेत्रमा रोजगार सँगै स्वरोजगार सहितको उत्पादन बढाउने  काम गर्नु पर्ने विषयमा गम्भीर भई अगाडि बढ्नुपर्ने र सबै सजग भै जिम्मेवारी भई अगाडि बढ्नुपर्ने जानकारी दिनुभयो।

पछिल्लो घटनापछि समाजमा  एकआपसमा कोही कसैसँग पनि बोल्न नचाहेको, मेलमिलाप र एकता नभएको, सम्बन्धविहीन भएर बस्न चाहेको जस्तो सबैले अनुभूत गरिरहेको तर बाहिर नआएको विषयमा गम्भीर र दुःखी हुँदै यो समाज कता जाँदैछ भन्ने विषयमा चिन्तित हुँदै समाजमा बढ्दै गएको व्याप्त कुसंस्कार अमानवीय व्यवहारले सबैलाई गाँजिरहेको यो अवस्थामा सबै नागरिकहरू एकआपसमा मिलेर एकताबद्ध भएर अगाडि बढ्नुपर्ने बताउनुभयो ।

कार्यक्रमको अन्तमा नेपालीको एकताको रूपमा रहनु भएका पृथ्वीनारायण शाहको यही पौष २७ गते जन्मोत्सवलाई महोत्सव बनाउनको लागि पोखरा मैदानको चोकमा पृथ्वीनारायण शाहको  तस्बिर लाई माल्यार्पण गर्दै त्यस दिन बत्ती बाल्ने कार्यक्रम रहेको जानकारी गराइएको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज