कात्तिक २,पोखरा
पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीको स्वास्थ्य अवस्था बारे नेकपा एमालेका महासचिव तथा पूर्व उपप्रधानमन्त्री इश्वर पोखरेलले जानकारी लिनुभएको छ ।
नेकपा एमाले कास्कीले बुधबार पोखरामा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापन कार्यक्रममा सहभागी हुन मंगलबार पोखरा आउनुभएका पोखरेलले प्रमुख जिसीको निवासमै पुगेर स्वास्थ्य अवस्था बारे जानकारी लिनुभएको हो ।
मंगलबार दिउँसो पोखरा आउने वित्तिकै पोखरेल जिसीलाई भेट्न उहाँको निवास पुग्नु भएको हो । एमाले महासचिव पोखरेलसँगै नेकपा एमालेका सचिव तथा गण्डकी प्रदेशका निर्वतमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, पूर्व मन्त्री तथा एमालेका नेता जगत विश्वकर्मा, एमालेका नेता भीम कार्की, प्रदेश सांसद राजीव पहारी, रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझा, पर्वतको फेलवास नगरपालिकाका प्रमुख पदमपाणी पौडेल लगायतले प्रमुख जिसीलाई भेट्नु भएको थियो ।
भेटका क्रममा एमाले महासचिव पोखरेलले जिसीलाई ‘तपाईंलाई कस्तो छ ?’ भनेर सोध्दा जिसीले स्वास्थ्यमा क्रमिक सुधार भएको र छिट्टै निको हुने बताउनु भएको थियो । महासचिव पोखरेललाई जिसीले काठमाडौंमा उपचार गर्ने बेला अस्पताल बसाईंको अनुभव ठट्यौंली शैलीमा सुनाउनु भएको थियो । गत साउन १ गते अचानक मष्तिस्क घातभएपछि उपचारको लागि काठमाडौं जानुभएका प्रमुख जिसी गत असोज २३ गते पोखरा फर्किनु भएको हो । फिजियोथेरापी बाहेकको अन्य उपचार पूरा भएको छ भने उहाँले अहिले नियमित फिजियोथेरापी गरिरहनु भएको छ ।
२०८२ माघ ४
महानगर प्रमुखलाई भेट्नु भयो एमाले महासचिव पोखरेलले
महानगर प्रमुखलाई भेट्नु भयो एमाले महासचिव पोखरेलले
प्रकाशित मिति: ४ कार्तिक २०७८
भर्खरै
-
१.
सुविधा बचत तथा ऋण सहकारी संस्थाको २५औँ वार्षिक उत्सव तथा रजत महोत्सव विविध कार्यक्रमहरू सहित सम्पन्न
-
२.
निर्वाचन आयोगले भर्खरै गगन थापाले गरेको विशेष महाधिवेशन लाई आधिकारिक मान्यता
-
३.
साँच्चिकै कांग्रेस फुटेकै हो भने कानुनी रूपमा निर्वाचन आयोगले कसलाई मान्यता देला
-
४.
नेपाली कांग्रेसको महाधिवेशन: सुधारको नारा, तर इतिहास दोहोरिने खतरा
-
५.
झापा-५ मा ‘हेभीवेट’ केपी ओली र बालेन शाहको भिडन्त, सत्ता अनुभव र विद्रोही आशाको टक्कर हुदै
-
६.
कुलमान घिसिङ र रवि लामिछानेको पार्टी मिलन पछिको बिछोडले निम्त्याएका राजनीतिक तरंग






प्रतिक्रिया