कात्तिक २,पोखरा
पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीको स्वास्थ्य अवस्था बारे नेकपा एमालेका महासचिव तथा पूर्व उपप्रधानमन्त्री इश्वर पोखरेलले जानकारी लिनुभएको छ ।
नेकपा एमाले कास्कीले बुधबार पोखरामा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापन कार्यक्रममा सहभागी हुन मंगलबार पोखरा आउनुभएका पोखरेलले प्रमुख जिसीको निवासमै पुगेर स्वास्थ्य अवस्था बारे जानकारी लिनुभएको हो ।
मंगलबार दिउँसो पोखरा आउने वित्तिकै पोखरेल जिसीलाई भेट्न उहाँको निवास पुग्नु भएको हो । एमाले महासचिव पोखरेलसँगै नेकपा एमालेका सचिव तथा गण्डकी प्रदेशका निर्वतमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, पूर्व मन्त्री तथा एमालेका नेता जगत विश्वकर्मा, एमालेका नेता भीम कार्की, प्रदेश सांसद राजीव पहारी, रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझा, पर्वतको फेलवास नगरपालिकाका प्रमुख पदमपाणी पौडेल लगायतले प्रमुख जिसीलाई भेट्नु भएको थियो ।
भेटका क्रममा एमाले महासचिव पोखरेलले जिसीलाई ‘तपाईंलाई कस्तो छ ?’ भनेर सोध्दा जिसीले स्वास्थ्यमा क्रमिक सुधार भएको र छिट्टै निको हुने बताउनु भएको थियो । महासचिव पोखरेललाई जिसीले काठमाडौंमा उपचार गर्ने बेला अस्पताल बसाईंको अनुभव ठट्यौंली शैलीमा सुनाउनु भएको थियो । गत साउन १ गते अचानक मष्तिस्क घातभएपछि उपचारको लागि काठमाडौं जानुभएका प्रमुख जिसी गत असोज २३ गते पोखरा फर्किनु भएको हो । फिजियोथेरापी बाहेकको अन्य उपचार पूरा भएको छ भने उहाँले अहिले नियमित फिजियोथेरापी गरिरहनु भएको छ ।
२०८३ असार ४
महानगर प्रमुखलाई भेट्नु भयो एमाले महासचिव पोखरेलले
महानगर प्रमुखलाई भेट्नु भयो एमाले महासचिव पोखरेलले
प्रकाशित मिति: ४ कार्तिक २०७८
भर्खरै
-
१.
सभापति नवीन त्रिपाठीलाई लायन्स क्लब अफ पोखरा हेमजाद्वारा सम्मान
-
२.
सवारी दुर्घटनामा परि नेबि संघ का पुर्व केन्द्रीय सदस्य राजिब बांस्तोलाको निधन
-
३.
सिप सिकौँ, आत्मनिर्भर बनौँ : पोखरा–१९ मा साबुन तथा हरपिक–फिनेल निर्माण तालिम सम्पन्न
-
४.
राष्ट्रिय स्वतन्त्र पार्टी गण्डकीको प्रथम अधिवेशनबाट नवीन त्रिपाठी अध्यक्ष
-
५.
वनको कानुन बलियो कि गरिबको जीविका कमजोर ? टेम्पोसँगै भिरमा खस्यो संवेदनशीलता !
-
६.
ब्राजिलका भिनिसियसले ३२औं मिनेटमा बराबरी गोल फर्काए








प्रतिक्रिया