पत्रकार स्व. त्रिभुवन पौडेलको स्मृति कप फाइभ–ए–साइड’ फुटबल प्रतियोगिता यस वर्ष पनि गरिने

पत्रकार स्व. त्रिभुवन पौडेलको स्मृति कप फाइभ–ए–साइड’ फुटबल प्रतियोगिता यस वर्ष पनि गरिने

परिबर्तन न्युज
१२ माघ २०८२ बजे
परिबर्तन न्युज
१२ माघ २०८२

माघ १२,पोखरा

पोखरा महानगरपालिका -२२ स्थित परिवर्तन युवा क्लबले दोस्रो संस्करणको ‘त्रिभुवन स्मृति कप फाइभ–ए–साइड’ फुटबल प्रतियोगिता यस वर्ष पनि गर्ने भएको छ ।

Advertisement:Ad

नेपाल पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष त्रिभुवन पौडेलको स्मृतिमा प्रतियोगिता गर्न लागिएको हो । पौडेलको २०७९ माघ १ गते पोखरामा भएको यती एयरलाइन्स दुर्घटनामा परेर निधन भएको थियो आगामी फागुन ७ देखि ९ गतेसम्म पोखरा–२२ सिम्ले पाखा खेलमैदानमा प्रतियोगिता सञ्चालन हुने भएको छ।

प्रतियोगिताको विजेता टोलीले ८० हजार ५५५ रुपैयाँ र उपविजेताले ४० हजार ५५५ रुपैयाँसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षक लाई पनि विधागत पुरस्कार प्रदान गरिने क्लबले जनाएको छ ।

’प्रतियोगितामा सहभागिताका लागि फागुन ६ गतेसम्म टिम दर्ता गर्न सकिनेछ । दर्ता शुल्क ६ हजार रुपैयाँ तोकिएको छ । प्रत्येक टिममा अधिकतम ८ खेलाडी, १ प्रशिक्षक र १ व्यवस्थापक रहने व्यवस्था छ भने राष्ट्रिय तथा ‘ए’ डिभिजन खेलेका खेलाडीले भने प्रतियोगिता मा भाग लिन पाउने छैनन् ।

‘त्रिभुवन स्मृति कप फाइभ–ए–साइड’ फुटबल फागुन ७ गतेबाट  हुने जानकारी दिनको लागि गरिएको पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष सुदीप बरालले खेलकुद मार्फत युवालाई एकताबद्ध गर्दै भाइचारा विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको जानकारी दिनुभयो । पौडेलले जिबनको छोटो समयमा गरेको कामको मुल्यांकन गर्दै समाजमा सकारात्मक योगदान पुर्‍याउने युवालाई सोहि समारोहमा ‘त्रिभुवन युथ अवार्ड’ बाट सम्मान गरिने क्लबले जनाएको छ ।

प्रतियोगिताको अवसरमा फागुन ७ गते पोखरा हस्पिटल एन्ड रिसर्च सेन्टरको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविरसमेत सञ्चालन हुनेछ । शिविरमा रक्तचाप, मधुमेह र मुटु परीक्षणलगायतका सेवा उपलब्ध हुनेछन् । वृद्ध, अशक्त तथा अपांगता भएका व्यक्तिका लागि उपचार मा विशेष छुटको व्यवस्था गरिएको छ । प्रतियोगिताको मुख्य प्रायोजक (टाइटल स्पोन्सर) एसियन कन्क्रिटो रहेको छ ।

कार्यक्रममा स्वर्गीय पौडेलकी धर्मपत्नी प्रतिभा पौडेल लगायतको उपस्थिति थियो । कार्यक्रमको सञ्चालन सचिव दक्षिणा बराल, स्वागत उपाध्यक्ष सरस्वती बराल र विषयवस्तुमाथि प्रकाश पार्ने काम सहसचिव प्रेरणा ढकालले गर्नुभएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज