माघ १६, पोखरा
नेकपा एमाले पोखरा महानगरपालिका-२० भलामले फागुन २१ गते हुने चुनावलाइ मध्यनजर राख्दै प्रचारप्रसार गर्नको लागि सम्पर्क कार्यालय खोलेको छ।
पोखरा २० पार्टी अध्यक्ष रमण बस्नेतको अध्यक्षतामा भएको चुनाव प्रचारप्रसार सम्पर्क कार्यालय खोलेको नेकपा एमालेले पोखरा -२० का अग्रज जेष्ठ कम्युनिस्ट नेता फणीन्द्र नाथ शर्मा र क्षेत्र न. २ का उमेदवार रश्मि आचार्यले संयुक्तरूपमा उद्घघाटन गर्नुभएको थियो।
कार्यक्रममा पोखरा महानगर पालिकाको सचिव सुशील बस्नेतले आफ्ना कार्यकर्ताहरूलाई अहिलेको चुनाव भनेको देश जलाउने र देश बनाउने बीचको प्रतिस्पर्धा भएको हुनाले आफ्ना आस्थाका सम्पूर्ण आमाबुवा दाजुभाई दिदीबहिनीहरु कहिँ कतै कसैको बहकाउमा लागेर आफ्नो अमूल्य मतलाई खेरा फाल्नु हुने छैन तर यसको लागि हामी हरेक आमाबुवा दाजुभाईको घरघरमा गएर वास्तविक सत्य तथ्य बुझाउन सक्भनुपर्छ भन्नु भयो।
कार्यक्रममा बोल्दै सचिव बस्नेतले हाम्रो जित सुनिश्चित छ अझै सुनिश्चित बनाउनको लागि फेसबुक र सामाजिक सञ्जालहरूमा आएका विषयहरूलाई राम्रोसँग विश्वासका साथ सत्य तथ्य नबुझी भ्रममा पर्नुभएका सम्पूर्ण आदरणीय बुवाआमा दाजुभाई दिदीबहिनी विशेषगरी युवाहरूलाई बुझाउन सक्नुपर्छ भन्दै हामीले सबैलाई बुझाउन सक्यौं भने धेरै मतको मतान्तरले हामीले जित्छौ हामी कोही कसैसँग डराउनुपर्ने अवस्था छैन भन्नुभयो।
क्षेत्र न. २ का उमेदवार रश्मि आचार्यले नेकपा एमालेले जहिले पनि जनताको पक्षमा काम गरेको हुनाले विपक्षीहरू धेरै अत्तालिएर नेकपा एमालेलाई हराउन कसरी सकिएला भनेर विभिन्न कोणहरू बाट विभिन्न शक्तिहरु एकहोरो हातै धोएर लागिरहेको हुनाले हामीले यसको विरुद्ध हाम्रा आदरणीय बुवाआमा दाजुभाई दिदीबहिनी सबैलाई घर घरमा गएर बुझाउनुपर्छ भन्नुभयो। इतिहासको काल खण्डमा केही कमी कमजोरीहरु भएका छन् तर ती कमी कमजोरी हरुलाई देखाएर केही त्यस्ता तत्त्वहरूलाइ धमिलो पानी निर्माण गरेर धमिलो पानीमा माछा मार्न नखोज्दा हुन्छ भन्नुभयो।
जनजीविका र राष्ट्रिय समस्याहरू सँगै जनताको प्रत्यक्ष जनताको दैनिकी समस्याहरू र जनताको दुःख सुखमा साथ दिने हामीसँग हरेक टोलटोलमा हाम्रा कमिटीहरु छन्। हाम्रा जिम्मेवारी व्यक्तित्वहरु छन् जसले गर्दाखेरि हामी हार्ने भन्ने प्रश्न छैन यद्यपि हामी घरमै बस्यौँ भने अहिले सामाजिक सञ्जाल रूपी चोरहरूको बिगबिगी धेरै छ। मन भाँड्ने शक्तिहरु धेरै लागि परेका छन्। हो कि झैँ लाग्ने गरी सामाजिक सञ्जालको दुरुपयोग गरिरहेका छन्। जसले गर्दा कुनै भविष्य नै नभएको परिवेशका पार्टीहरू र केही तिनका मतियारहरू ले संगठनात्मक रूपमा कन्टेन्ट क्रियट गर्दै विभिन्न सामाजिक सञ्जालमा पोस्ट गर्दै फेसबुक बुस्ट गरेका प्रत्येक पोस्टरलाई हेरेर आफ्नो निर्णय बनाउने आदरणीय बुवाआमा दाजुभाई दिदीबहिनी हरूलाई वास्तविक सत्य तथ्य बुझाउन घरघरमा जानै पर्छ भन्नुभयो।
सम्पर्क कार्यालय उद्घघाटन हामी गर्दै उम्मेदवार रश्मी आचार्यले इ तपाईँ जनताका जनगुनासाहरू सुन्नुपर्छ भन्ने मान्यमूल्यतालाइ नजिकबाट नियालेर समस्याहरूलाई सम्बोधन गर्नको लागि आगामी दिनमा के कति सकिन्छ योजनाबद्ध तरिकाले लाग्ने गरी म तपाईँ हरूको छोरा तपाईँहरूको भाइ तपाईँहरूको दाइ रश्मी आचार्य सबैसँग हातेमालो गरेर अगाडि बढ्ने बताउनुभयो। त्यसको लागि सम्पूर्ण आमाबुवा दाजुभाई दिदीबहिनीहरु चुनावमा राम्रोसँग लाग्नुपर्ने बताउनुभएको थियो।






प्रतिक्रिया