घर फर्क अभियानमा नेकपा एस कास्कीका करिब ३०० एमालेमै फर्किए

घर फर्क अभियानमा नेकपा एस कास्कीका करिब ३०० एमालेमै फर्किए

परिबर्तन न्युज
१९ माघ २०८२ बजे
परिबर्तन न्युज
१९ माघ २०८२

माघ १९, पोखरा

विगत केही वर्ष अगाडि नेकपा एमाले कास्कीका नेता तथा कार्यकर्ताहरु केही विषयमा आफ्नो विमति राख्दै नयाँ पार्टी नेपाल कम्युनिष्ट पार्टी एसमा गएका करिब ३०० जना नेता कार्यकर्ताहरू हरु दिल खोलेर  एमालेमा फर्किनु भएको छ ।

Advertisement:Ad

नेकपा एमालेले आज घरफर्क कार्यक्रम मा अधिकांशहरूले बोल्ने क्रममा आफ्ना अग्रजहरूले बनाएको निर्माण गरेको पार्टीमा केही विमति राख्दै गएको भएपनि पछिल्ला दिनहरुमा किन राखिएछ त्यसको औचित्य पुष्टि नभएपछि आफू हरु घर फर्केको बताउनु भएको थियो। सुख, दु:ख जे जस्ताे भएपनि आफ्नै घर प्याराे भएकाे बताउँदै उहाहरु एमालेमा प्रवेस गर्नुभएको थियो।

घर फर्क कार्यक्रममा नेकपा एस कास्कीका तत्कालिन उपाध्यक्ष झविन्द्रराज रेग्मीसहित प्राध्यापक डा टंकराज अधिकारी, शिवराज आचार्य लगायतकाे टाेली एमालेमा फर्किएको हाे । उहाहलाई एमाले सचिव तथा गण्डकी इन्चार्ज खगराज अधिकारीले टीका लगाएर पार्टीमा न्यानो मायासहित स्वागत गर्नुभएको थियो ।

विशेषगरी आज एमाले कास्कीले आयोजना गरेको घर फर्क कार्यक्रममा रेग्मी, अधिकारी, शिवराज आचार्य, रवीन्द्रराज पौडेल, नवराज भण्डारी, पवित्रा न्यौपाने, इन्जिनियर दीपक सुवेदी, मजदुर नेता दिपक भुजेल, वडा कमिटी पोखरा १९ का अध्यक्ष प्रदीपराज पौडेल लगायतका कार्यकर्ताहरु एमालेमा फर्किनु भएको हो भने उहाँहरूसँग करिब ३०० जना युवा नेता तथा कार्यकर्ताहरु प्रवेश गराइएको नाम वाचन गरिएको थियो।

नेकपा एस का राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य तथा कास्की जिल्ला इन्चार्ज विकास भट्टराई सहितको टाेली एमालेमा फर्किएको छ । यस्तै नगर कमिटीका पूर्व उपाध्यक्ष सुरज अधिकारी र सदस्य दिनेश बराल लगायतका ३ सय बढी नेता कार्यकर्ता पार्टीमा फर्किएको एमाले कास्कीका सचिव दर्शन लामाले जानकारी दिनुभयो।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज