Top Header Ad 1

पोखराको ड्यामसाइड नजिक पुलमुनि सुटकेसभित्र एक युवतीको शव

पोखराको ड्यामसाइड नजिक पुलमुनि सुटकेसभित्र एक युवतीको शव

परिबर्तन न्युज
१७ फाल्गुन २०८२ बजे
परिबर्तन न्युज
१७ फाल्गुन २०८२

फागुन १७, पोखरा

पोखराको ड्यामसाइड नजिक पुलमुनि सुटकेसभित्र राखिएको अवस्थामा एक युवतीको शव भेटिएको छ।

Advertisement:Ad

आइतबार बिहान फेवातालको ड्यामसाइड बाट निस्कने खोलामाथि बनेको नयाँ पुलमुनि शंकास्पद रूपमा सुटकेस देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

स्थानीयहरूले गरेको खबर थाहा पाउनासाथ शंकास्पद रूपमा रहेको सुटकेस खोलेर हेर्दा सुटकेश भित्र तन्नाले बेरेको अवस्थामा शव फेला परेको कास्की प्रहरी प्रमुख नवीन कार्कीले जानकारी दिनुभयो।

कास्की प्रहरीका अनुसार हातमा मनिषा बिस्वकर्मा लेखिएको टाटु खोपेकी करिब २३/२४ वर्ष कि महिलालाई हत्या गरेर सुटकेस मा पोको पारेर फालिएको हुनसक्ने प्रहरी ले जनाएको छ।अहिले उनको शवलाई पोस्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट ती युवती र एक यूबक ड्यामसाइड क्षेत्रमै कोठा भाडामा श्रीमान्–श्रीमतीको रूपमा बसेका र उनिहरु जापानी भाषा सिक्दै आएको खुल्न आएको छ भने संगै बस्ने पुरुष हाल फरार छन् र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी प्रमुख नवीन कार्कीले जानकारी दिनुभयो।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज