चैत्र १२,काठमाडौं
अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेपछि नेपाल आयल निगमले नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।
इन्डियन आयल कर्पोरेसन (आइओसी)ले पेट्रोलियम पदार्थको मूल्य अत्याधिक बढाएको कारण सोहि मुल्यमा खरिद गर्न नेपाल आयल निगमलाइ नगद भुक्तानी गर्न र आपूर्ति व्यवस्थापनमा नै प्रभावित हुने भन्दै निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५ रुपैयाँले बढाएको र बढेको मूल्य बिहीबार बिहान १२:०१ बजे देखि लागू हुने बताएको छ।
मध्यपूर्वमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा मूल्य अकासिए पछि निगमले आफू आर्थिक संकटमा फसेको बताएको छ। पछिल्लो १५ दिनमै ५ अर्ब घाटा व्यहोरेको भन्दै निगमले आगामी १५ दिनमा थप १५ अर्ब घाटा हुने अनुमान गरेको छ।
प्रकाशित मिति: १२ चैत्र २०८२







प्रतिक्रिया