Top Header Ad 1

पोखरा-३ नदिपुरमा भासियो सडक, वर्षासँगै बढ्दै गएको जोखिमप्रति स्थानीय चिन्तित

पोखरा-३ नदिपुरमा भासियो सडक, वर्षासँगै बढ्दै गएको जोखिमप्रति स्थानीय चिन्तित

परिबर्तन न्युज
१५ जेष्ठ २०८३ बजे
परिबर्तन न्युज
१५ जेष्ठ २०८३

जेठ १५, पोखरा

पोखरा महानगरपालिका वडा नं. ३ नदिपुरस्थित बालमन्दिर अगाडिको सडक अचानक भासिएपछि स्थानीयवासी त्रसित बनेका छन्। विगत केही महिनादेखि निर्माण सम्पन्न हुन नसकेको उक्त सडक वर्षासँगै थप जोखिमपूर्ण बनेको हो।

Advertisement:Ad
Advertisement:Ad

लगातारको वर्षापछि जमिनमुनि पानी पस्दा पोखराका विभिन्न स्थानमा सडक भासिने समस्या दोहोरिँदै आएको छ। नदिपुरको यो घटना पनि त्यही नियतिको अर्को उदाहरण बनेको स्थानीयहरूको भनाइ छ।

स्थानीयका अनुसार हिजो मात्रै सडकलाई मजबुत बनाउने उद्देश्यले एक्साभेटर, भाइब्रेटर लगायतका उपकरण प्रयोग गरी काम भइरहेको थियो। सोही क्रममा जमिनमुनि रहेको खानेपानीको पाइप फुटेर पानी बगेपछि सडक भासिएको हुन सक्ने अनुमान गरिएको छ।

यद्यपि केही स्थानीयवासीले भने सडक नजिकै बगिरहेको सेती नदीको नहरको प्रभावका कारण पनि जमिन कमजोर भई सडक भासिएको हुन सक्ने बताएका छन्। वर्षासँगै भूमिगत सतह कमजोर बन्दै जाँदा पोखराका सडकहरू पटक–पटक जोखिममा पर्ने अवस्था देखिएको उनीहरूको गुनासो छ।

सडक भासिएको जानकारी पाएलगत्तै सडक डिभिजन कार्यालय, कास्की जिल्ला प्रशासन कार्यालय, पोखरा महानगरपालिका तथा वडा कार्यालयका प्रतिनिधिहरू घटनास्थल पुगेका थिए। वडा नं. ३ का वडाध्यक्ष प्रकाशमान उदास सहितको टोलीको उपस्थितिमा तत्काल सडक मर्मत तथा आवागमन सुचारु गराउने काम अगाडि बढाइएको छ।

वडाध्यक्ष उदासका अनुसार जोखिम न्यूनीकरण गर्दै यथाशीघ्र सडक खुलाउने प्रयास भइरहेको छ। लगातारको वर्षा र कमजोर भू–संरचनाका कारण पोखराका सडकहरूमा देखिन थालेको समस्या दीर्घकालीन समाधानको प्रतीक्षामा रहेको स्थानीयहरूको भनाइ छ।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज