Top Header Ad 1

चमेरेगुफा बहुउद्देश्यीय सहकारी संस्थाको अधिवेशन सम्पन्न, सुवास अधिकारी अध्यक्ष

चमेरेगुफा बहुउद्देश्यीय सहकारी संस्थाको अधिवेशन सम्पन्न, सुवास अधिकारी अध्यक्ष

परिबर्तन न्युज
९ कार्तिक २०८३ बजे
परिबर्तन न्युज
९ कार्तिक २०८३

कार्तिक ८, पोखरा

चमेरेगुफा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १५औँ साधारण सभा तथा पाँचौँ अधिवेशन आइतबार मझेरी पार्टी प्यालेसमा सम्पन्न भएको छ। अधिवेशनले सुवास अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा भगवती कुमारी शर्मा, सचिवमा महेन्द्र खड्का र कोषाध्यक्षमा विश्व अधिकारी (ख) चयन भएका छन्। त्यसैगरी सदस्यहरूमा विश्व अधिकारी (क), रुद्रनाथ अधिकारी र निर्मला थापा बस्नेत चयन हुनु भएको छ।

Advertisement:Ad

अधिवेशनले राजु खड्काको संयोजकत्वमा लेखा समिति पनि गठन गरेको छ। जसले समितिको सदस्यमा प्रेम बस्नेत र प्रेम तिमिल्सिना चयन गरेका छन्।

संस्थाका अध्यक्ष पुष्पराज अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ज्येष्ठ सदस्य विष्णु अधिकारी प्रमुख अतिथिका रूपमा उपस्थितिमा सम्पन्न भएको थियो।

कार्यक्रममा ज्येष्ठ सदस्य विष्णु अधिकारी र पद्मादेवी शर्मालाई सम्मान गरिएको थियो। साथै, सहकारीमा विभिन्न विधाअन्तर्गत उत्कृष्ट कारोबार गर्ने सदस्यहरूलाई समेत सम्मान गरिएको थियो।

सभामा प्रमुख अतिथि विष्णु अधिकारी, निवर्तमान अध्यक्ष कृष्ण प्रसाद अधिकारी, संस्थाका सल्लाहकार तथा निर्वाचन संयोजक दयाशंकर अधिकारी र सुन्दर थापाले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

साधारण सभामा अध्यक्ष, कोषाध्यक्ष तथा लेखा समिति संयोजकले आ–आफ्ना प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो। प्रस्तुत प्रतिवेदन माथि छलफल गरी सभाबाट पारित गरिएको थियो।

संस्थाको वार्षिक गतिविधि, आर्थिक अवस्था तथा भावी कार्ययोजना सँग सम्बन्धित विषयमा छलफल भएको सभाले नयाँ नेतृत्व चयन गर्दै आगामी कार्यकालका लागि संस्थाको जिम्मेवारी नयाँ कार्यसमितिलाई सुम्पिएको छ।

चमेरेगुफा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले नयाँ नेतृत्वमार्फत संस्थागत विकास, सदस्यहरूको हित संरक्षण तथा सहकारीको उद्देश्यअनुरूपका गतिविधिलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज