जय मनकामना बचत तथा ऋण सहकारीको बनभोज कार्यक्रम -पधेरिपार्क भिलेजमा

जय मनकामना बचत तथा ऋण सहकारीको बनभोज कार्यक्रम -पधेरिपार्क भिलेजमा

परिबर्तन न्युज
२७ पुष २०७८ बजे
परिबर्तन न्युज
२७ पुष २०७८

पौष २४,पोखरा

आज जयमनकामना सहकारी सस्थाले पोखरा महानगर को उपल्लो पोखरा भनेर चिनिने राहुलड़ाड़ा को भर्खर मात्र खुलेको पधेरी पार्क भिलेज मा  बनभोज कार्यक्रम सम्पन्न गरेको छ |

Advertisement:Ad

सस्थाका अध्यक्ष संजयकुमारअधिकारी का अनुसार  सस्थाका सम्पूरण सदस्य हरुलाई अनिबार्य गर्नुभएको थियो भने वरपर का सम्पूर्ण सहकारीका  अध्यक्षअद हरुलाई आमन्त्रण गरिएको सो कार्यक्रम ढाईसय देखि तिना सय सम्म को उपस्थितिमा बिभिन्न कार्यक्रम गरि रमाइलो गरिएको थियो|

खाने कुरा हरुको सजिलो होस् भनि क्याटरिंग को ब्यबस्था गरीए अनुसार बिहानको खाना मसरुमको सुप र ब्रेड बाट सुरु गरिएको थियो भने ज जसलाई जे जे खान मन लाग्छ त्यो त्यहा भेटिने गरि खान पाइने ब्यबस्था मिलाइएको प्रस्ट देखिन्थ्यो |

आफ्नै मौलिक लोक संगीत मा रमाउदै नाच्दै गर्नुभयका आमा दिदि बहिनि र छोराछोरी को लागि बिभिन्न खेलकुद घैटो फोड्ने खेल ,कुर्ची खेल,चम्चा मा गुच्छा राखेर फस्ट कम फस्ट गेम खेलेर रमाउदै नाच्दै खादै घर् फर्किएको थियो |

-प्रकाश अधिकारी

 

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज