Top Header Ad 1

तारा एयरको जहाज सम्पर्क विहीन मुस्ताङको लेते र टुकुचेको बीचमा दुर्घटनामा परेको आंशका

तारा एयरको जहाज सम्पर्क विहीन मुस्ताङको लेते र टुकुचेको बीचमा दुर्घटनामा परेको आंशका

परिबर्तन न्युज
१५ जेष्ठ २०७९ बजे
परिबर्तन न्युज
१५ जेष्ठ २०७९

जेठ १५, पोखरा

पोखरा बाट जोमसोम को लागि उडेको तारा एयरको जहाज सम्पर्क विहीन भएको छ । बिहान पोखरा विमानस्थलबाट ९ बजेर ५५ मिनेटमा उडेको ९ एन एइटी कलसाइनको जहाज जोमसोम टावरसँग सम्पर्क भएको केही समपछि जहाज सम्पर्क विहीन भएको सुवेदीले बताए ।उनका अनुसार पोखरा विमानस्थलको टावरले जोमसोम टावरलाई जहाज हस्तान्तरण गरेको थियो ।

जहाजमा चालक दलका ३ सदस्यसहित २२ यात्रु थिए । यात्रुमा २ जना विदेशी, ४ जना भारतीय नागरिक र १३ जना स्वदेशी यात्रु रहेका थिए । प्रभाकर घिमिरेले उडाएको जहाज बिहान १० बजेर १५ मिनेटमा जोमसोम अवतरण हुनुपथ्र्याे । पोखरा जोमसोम हवाइ रुटको घोरेपानी क्षेत्रबाट सम्पर्क विहीन भएको प्रारम्भिक अनुमान छ ।

तारा एयर सम्पर्क विहीन भएपछि खोजीका लागि हेलिकोप्टर उडिसकेको जिल्ला प्रशासन कार्यालय मुस्ताङले बताएको छ । पत्रकार महासंघ मुस्ताङका अध्यक्ष सुन्दर थकालीका अनुसार मुस्ताङको लेते र टुकुचेको बीचमा जहाज दुर्घटनामा परेको आंशका गरिएको छ ।

भर्खर प्राप्त खबर अनुसार नेपाल आर्मीकाे M1 17 हेलिकप्टर काठमाडौबाट पोखरा गएको छ जोमसोमबाट खोजिको लागि पठाएको अर्को हेलिकप्टरबाट मौसमको प्रतिकुलताका कारण खोजिकार्य गर्न नसकेर फर्किएको हो । सामाजिक सन्जालमा पुराना दुर्घटनाका फेक फोटोहरू अनावश्यक भाईरल गरिएको छ । source .Ap1

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज