नेपाल पत्रकार महासंघ कास्कीद्वारा सञ्चालित प्रजातन्त्र सेनानी दयाशंकर पालिखे स्मृति पत्रकारिता सम्मान–२०७८ वितरण समारोहमा उहाँले भन्नुभयो, संविधानले परिकल्पना गरेको जुन अभिव्यक्ति स्वतन्त्रता छ, व्यक्तिगत स्वतन्त्रता छ त्यसलाई सरकार अक्षुण्ण राख्न चाहन्छ, अझ समृद्ध गर्न चाहन्छ ।कुनै पनि पत्रकारले विचार व्यक्त गरेको आधारमा यो सरकारले दण्डित नगर्ने बताउनु भयो ।
स्वतन्त्र प्रेसको नमुना को देशका रुपमा नेपाललाई विकास गर्नका लागि सरकार कानुनी, संरचनागत व्यवस्था गर्नका लागि सँधै तयार रहेको बताउनुभयो ।पेट्रोलको मूल्य बृद्धि भएको बताउँदै उहाँले पेट्रोललाई विस्थापित गर्न भैरहेको उर्जाको विकासलाई व्यवस्थित गर्दै उत्पादित उर्जा खेर नजाने गरी यसको खपत बढाउनेतर्फ ध्यान दिनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
परिवर्तनसँगै जनताको जीवनस्तरमा पनि परिवर्तन आउनु जरुरी हुने बताउँदै उहाँले आगामी दिनमा नेपालीलाई कसरी सम्पन्न बनाउने हो त्यसतर्फ अघि बढ्नुपर्नेमा जोड दिनुभयो । आगामी पुस्तालाई समृद्ध पुस्ता बनाउने गरी लाग्नुपर्ने बताउँदै उहाँले पूाजी निर्माणका लागि लगानी मैत्री वातावरण बनाउनुपर्ने आवश्यकता औंल्याउनुभयो । नीजि क्षेत्रलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिदै उहाँले अपार जलस्रोतको उपयोग गर्न सके मात्रै पनि त्यसले यहाँको समृद्धिमा महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो ।
आजको कार्यक्रममा सम्मानित व्यक्तित्व बबिता बस्नेत, पुरस्कार संस्थापक परिवारका तर्फबाट विश्वशंकर पालिखे, नेपाली काँग्रेस कास्कीका सभापति किशोरदत्त बराल, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य राजकाजी गुरुङ, नेकपा एमालेका जिल्ला अध्यक्ष मनबहादुर गुरुङ, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेल लगायतले बोल्नुभएको थियो






प्रतिक्रिया