नेकपा-माओवादीको भातृसंगठन योङ्ग कम्युनिस्ट लिग (वाईसिएल) कास्की संयोजक एंगेल्स कार्की सग गरिएको छोटो कुराकानीको सारसंक्षेप

नेकपा-माओवादीको भातृसंगठन योङ्ग कम्युनिस्ट लिग (वाईसिएल) कास्की संयोजक एंगेल्स कार्की सग गरिएको छोटो कुराकानीको सारसंक्षेप

परिबर्तन न्युज
१३ असार २०७९ बजे
परिबर्तन न्युज
१३ असार २०७९

असार १३पोखरा

नेकपा-माओवादी को भातृसंगठन योङ्ग कम्युनिस्ट लिग (वाईसिएल) कास्कीका संयोजक एंगेल्स कार्की सग गरिएको छोटो कुराकानी का केहि अस

Advertisement:Ad

अहिलेले को गठबन्धन सरकारले महंगी नियन्त्रण गर्न नसकेको, सरकारी पदमा राजनैतिक रुपले काम गरेका पूर्व राजनैतिक व्यक्तिहरूलाई सुविधा दिन खोजेको , विद्यार्थीहरूको जीवनलाइ खेलवाड गरी पुस्तक सम्मपनि उपलब्ध गराउन नसकेको, किसानहरुलाई समयमा मल उपलब्ध गराउन नसकेको वाईसिएल कास्कीका संयोजक एंगेल्स कार्कीले हामी लाइ बताउनुभयो।

अहिले देशमा अराजक तरिकाले बढिरहेको महंगीले जनताको ढाड सेकेको भन्दै संघ, प्रदेश र स्थानिय सरकारलाई महंगी नियन्त्रण गर्न माग गर्नुभयो । महंगी नियन्त्रण गर्नतर्फ नलागेको ले महंगी नियन्त्रण मा सरकारका नालाएक मन्त्रीहरुले कुनैपनि कदम नचलाएको ले यस्को बिरुद्ध आन्दोलन गर्ने उनले चेतावनी दिनुभएको थियो ।

वाईसिएल कास्कीले जनतासँग प्रत्यक्ष सरोकार राख्ने खाद्यान्नहरु, ग्यासलगायत पेट्रोलियम पदार्थमा अप्रत्यासित रुपले गरिएको मूल्य बृद्धिको विरोध गरेको छ । नाटकीयरुपमा हरेक वस्तुको हरेक पदार्थको पटकपटक गरि जनताको ढाडसेक्ने गरि मूल्य बृद्धि गरेको छ  यो मुल्य तुरुन्तै फिर्ता लिन जोडदार माग गर्नुभयको छ अत्यधिक रुपमा मूल्य बृद्धि भएको भन्दै सरकारले मूल्य वृद्धिलाई बेवास्ता गर्दै नियन्त्रणमा लिन नखोजे वाईसिएल कास्कीले नियन्त्रणमा लिन बाध्य नपार्न पनि अनुरोध गर्नुभएको छ  ।

माअाेवादी वाईसिएल कास्कीले राजनीति भनेको सेवा हो पेसा होइन भन्दै गण्डकी प्रदेश भित्र रहेका संघ र प्रदेशका मन्त्री सांसद हरुले पाउने सेवा, सुविधा कटौति गरी जनतालाई राहत दिन पनि माग गर्नुभयो ।

त्यस्तैगरी वाईसियल नेपालले सरकारि विद्यालय सञ्चालन भएको महिनौ बितिसक्दा पनि विद्यार्थीलाई समयमै पुस्तक पुर्याउने वातावरण निर्माण गर्न नसकेकोमा र  किसानलाई तत्काल मल उपलब्ध गराउन पनि नसकेको दुख प्रकट गर्नुभयो।

वाइसियल नेपालले विदाका दिन सरकारी गाडी चलाउन बन्द गर्न पनि माग गरेको छ अन्यथा अटेर गरेर चलाएमा वाईसिएलले बाध्य भएर नियन्त्रणमा लिएर कारवाही गर्ने कार्कीले चेतावनी दिनुभयो ।

वाईसिएल कास्कीका संयोजक कार्कीले राष्ट्र हित विपरित कार्य गर्ने जुनसुकै पार्टीका मन्त्री वा नेतालाई कारवाही गर्ने चेतावनी दिनु भएको थियो। उहाले देश र जनताको पक्षमा वाईसिएल कास्की हिजो पनि आज पनि र भोली पनि जनताको पक्ष्यमा न्यायको खातिर सधैभरि सतिसाल झैं उभिने पनि बताउनु भएको थियो।

-प्रकाश अधिकारी

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज