नव आदर्श सामुदायिक बिकास समाज पोखरा द्वारा नव निर्वाचित जनप्रतिनिधि हरुलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न

नव आदर्श सामुदायिक बिकास समाज पोखरा द्वारा नव निर्वाचित जनप्रतिनिधि हरुलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न

परिबर्तन न्युज
१४ असार २०७९ बजे
परिबर्तन न्युज
१४ असार २०७९

असार १४, पोखरा

नव आदर्श सामुदायिक बिकास समाज पोखरा द्वारा नव निर्वाचित जनप्रतिनिधि हरुलाई बधाई तथा शुभकामना दिने कार्यक्रमको अध्यक्षता सोही संस्थाका अध्यक्ष रेसमा शेरचन अधिकारीले गर्नुभएको थियो।

Advertisement:Ad
Advertisement:Ad

नव निर्वाचित जनप्रतिनिधि हरुलई बधाई तथा शुभकामना कार्यक्रम लाई सब्य र भव्य बनाउन को लागि सोही संस्थाका सचिव थिर बहादुर थापाले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।

पोखरामा नगरपालिका वाड नम्बर 16 मा अवस्थित नव आदर्श सामुदायिक बिकास समाज पोखराले पोखरा महानगरपालिका वार्ड नम्बर १६ र १९ बाट विजयी जनप्रतिनिधिहरुलाइ बधाई तथा शुभकामना कार्यक्रम राखेको हो कार्यक्रममा विभिन्न वक्ताहरुले शुभकामना व्यक्त गर्नुभएको थियो।

Advertisement:Ad
Advertisement:Ad

यसैक्रममा पोखरामा नगरपालिका वडा नम्बर 16 का अध्यक्ष अमृत तिमिल्सिनाले यस संस्था लेउ अपत्यारिलो रुपले धेरै राम्रो काम गरेर सा पत्यारिलो बनेको बताउनुभयो संस्था आफैमा केही पनि होइन तर संस्थाले काम गरेर संस्थामा काम गर्ने आदरणीय व्यक्तित्वहरू सफल भएको हुनाले आज नवआदर्श समाज यहाँसम्म आइपुगेको छ जसले हामीलाई पनि सम्मान गरेर आफ्नो कर बढाएको बताउनुभयो। आगामी दिनमा आवाज बाट हुने सम्पूर्ण सहयोगहरु निसंकोच रुपले सहयोग हुने बताउनु भएको थियो।

त्यस्तैगरी पोखरामा नगरपालिका वडा नम्बर १९ का वडाध्यक्ष पुस्पेन्द्र पाण्डेले तपाईंहरुले मलाई हेर्ने दृष्टिकोण वडाध्यक्ष भन्दापनि आफ्नो दाजुभाइको, काका, छोरो , भनेर पहिला जे नाताले हेर्नुहुन्थ्यो त्यही नाताले हेर्नु हुन अनुरोध गर्दै तपाईंहरूको सहयोग नपाउने हो भने आफूले मात्र केही गर्न नसक्ने बताउँदै सहयोगको अपेक्षा गर्नुभएको थियो ।

आगामी दिनमा बिगत देखि समाजमा हुने गरेका सबै राम्रा नराम्रा कुराहरुलाई बिर्सेर राम्रा कुराहरुलाई अंगिकार गर्दै जाने कुरा पनि बताउनुभयो विकास सबैले मिलेर गर्ने हो विकासको निम्ति सबै मिलेर गयौं भने अवश्य विकास गर्न सकिन्छ भन्नुभयो।

संस्थाका अध्यक्ष तथा आजको कार्यक्रमका अध्यक्षता गर्नुभएका रेसमा शेरचन अधिकारीले  नवनिर्वाचित जनप्रतिनिधि हरुलाई बधाई एवं शुभकामना दिन पाउँदा म र हाम्रो सस्था खुसिले हर्ष विभोर भएको बताउँदै आगामी दिनमा यस संस्थाले गरेका हरेक कार्यक्रमहरुमा जनप्रतिनिधिहरूको महत्वपूर्ण सहयोगको अपेक्षा गर्दै नवआदर्श सामुदायिक प्रतिष्ठानका हरेक कार्यक्रममा सहयोगको आशा गरिन्छ भन्दै आफ्नो संस्थाको सबै फेरिस्थ बताउनुभएको थियो। भने आगामी भदौ १२/१३/१४ गते हुने तिज मेलाको लागि करिब ३२लाख जम्मा भइसकेको बताउनुभएको थियो। अझै पनि यस कार्यक्रम लाइ राम्रोसँग समापन गर्न विगतमा भन्दा अझै बढी सहयोग को अपेक्षा गरिन्छभन्नुभयको थियो ।

सस्थाका प्रथम उपाध्यक्ष स्वागत सिंह भण्डारी ले आगामी भाद्र १२/१३/१४  गते हुने तीज कार्यक्रमको बारेमा सबैलाई जानकारी दिँदै र कार्यक्रममा उपस्थित हुनुहुने सम्पूर्ण जनप्रतिनिधिहरु लगायत अतिथिहरु सबैलाई धन्यवाद ज्ञापन ब्यक्त गर्दै कार्यक्रम समापन गर्नुभएको थियो ाा

-प्रकाश अधिकारी

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज