आगामी पुस्तालाई नैतिकताको पाठ सिकाउँदै अर्थमन्त्रीले दिनुभयो राजीनामा

आगामी पुस्तालाई नैतिकताको पाठ सिकाउँदै अर्थमन्त्रीले दिनुभयो राजीनामा

परिबर्तन न्युज
२२ असार २०७९ बजे
परिबर्तन न्युज
२२ असार २०७९

असार २२ पोखरा

संघीय सरकार का अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिनुभएको छ। । आज प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै संसदीय निष्पक्ष छानबिन होस भन्ने भावनाले समितिलाई सहयोग गर्न राजीनामा दिएको घोषणा गर्नुभएको थियो ।

Advertisement:Ad

प्रतिनिधि सभामा आर्थिक  बजेट विनियोजनको सन्दर्भमा सम्बन्ध नै नभएका व्यक्तिको संलग्नताबारे उठेको प्रश्नको छानबीन गर्न को लागि संसदीय छानविन समिति गठन गरेको लगत्तै राजिनामा दिनुभएको हो । स्मरण रहोस् उक्त संसदीय समिति मा ११ सदस्यीय रहेको छ ।

संसदीय समिति गठनसम्बन्धी जानकारी सभामुख अग्निप्रसाद सापकोटाले सदनलाई गराए । समितिमा खगराज अधिकारी, देवप्रसाद गुरुङ, पुष्पा भुसाल गौतम, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, विमला विक, लक्ष्मणलाल कर्ण, शक्तिबहादुर बस्नेत, सरलाकुमारी यादव, सीताराम महतो र सुरेन्द्रप्रसाद यादव सदस्य हुनुहुन्छ ।

समितिले आवश्यकताका आधारमा सभापति चयन गर्नसक्ने कानुनी व्यवस्था  मिलाइएको छ ।समितिलाई १० दिनको समयावधि उपलब्ध गराइएको छ । समितिले आवश्यकताका आधारमा विभिन्न व्यक्तिसँग छलफल गर्न सक्नेछ । प्रतिनिधिसभा नियमावली २०७५ बमोजिम उक्त समिति गठन गरिएको हो ।

-प्रकाश अधिकारी

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज